मध्यपहाडी समस्या र समृद्धिका लागी एमालेकाे संकल्प यात्रा

बिभिन्न विषयका विज्ञहरु सहित लिएर नेकपा एमाले मध्ये पहाडमा पर्ने ३५ जिल्ला मध्ये २४ जिल्लालाइ चिरेर जाने पुर्व पाचथरकाे चिवो  भञ्ज्याङ् देखि पश्चिम बैतडीकाे झुलाघाट समेटने मध्यपहाडी पुष्पलाल लाेकमार्ग मार्फत मध्यपहाडकाे अध्ययन अवलाेकन भ्रमणमा यहि मंसिर १४ गते देखि यात्रा प्रारम्भ गर्यो  ।

पार्टीको केन्द्रिय नेतृत्व र विज्ञ सहित करिब १५० जनाकाे टाेली मध्यपहाडी लाेकमार्गलाइ आधार बनाई १५ किमि उत्तर १५ कि.मि दक्षिणकाे भुगाेल, जनजिवन, जनजिविका ,विकासका पुर्वाधार र सम्भाब्यताकाे अध्ययन, बनस्पति ,जडिबुटी र ओझेलमा परेका ,ऐतिहासिक महत्वका धार्मिक ,सास्कृतिक पर्यटकिय, स्थलहरुकाे अवलाेकन गर्दै मंसिर पुसकाे पहाडी कठ्याङ्ग्रिने चिसाेकाे प्रबाह नगरि पार्टी कार्यकर्ताकाे घर घरमा बाडियर २/४ जनाका दरले खाना खादै बास बस्दै प्रत्येक ठाउकाेअबस्था बिष्लेषण गर्दै पश्चिम महाकाली देखि पुर्व मेचि सम्म एमालेले अध्ययन गरि रहेकाे छ।

प्राकृतिक सम्पदाको धनी पहाड काे जनजिवन ऐले कष्टकर छ। परिवारकाे दैनिकि चलाउन युवाहरु विदेसिएर गाउहरु रित्ता छन । गाउघरमा स्तरिय शैक्षिक स्तर छैन भनि घर छाेडेर बालबालिका लियर महिलाहरु सहर पसेका छन गाउमा असक्त बुढाबुढी मात्र हुदा जमिन जग्गा सबै बाझाे मरुभुमि बनि सकेका छन ।गाउघरमा खसी बाख्रा गाईभैसी पालन घटदाे अबस्थामा छ पाल्ने जनशक्ति गाउमा नहुदा बाहिरबाट आयातित ब्राेईलर कुखुरा गाउकाे तरकारीकाे दैनिकि भैरहेकाे छ। विदेशबाट आउने फलफुल तरकारी र खाध्य पदार्थकाे मुल्य आकासिएकाे छ ।

बालबालिका सहर तिर पढन जाने क्रमले गाउका स्कुलहरु ७ जना शिक्षकले १४ जना बिधार्थी सहितका विधालय चलिरहेका छन । कतिपय गाउका अस्पतालमा डाक्टरका दरबन्दि रिक्त छन दक्ष चिकित्सक गाउका अस्पताल जान मान्दैनन बीरामीहुदा घरखेत बेचेर सहरका अस्पताल धाउनु पर्ने अबस्था छ ।

उत्पादन बढि हुन्छ भन्ने नाउमा हाईब्रिड बिउले स्थानिय जातका विउहरु सबै नस्ट भै सकेका छन उत्पादित खेती बालीबाट किसानले रासाईनिक मल र किटनाशक बिषादीकाे मुल्य उठाउन सक्ने अबस्थामा छैनन ।

पहाडका जडिबुटी स्याउला सरह नष्ट भएर खेर गैरहेका छन । धार्मिक र ऐतिहासिक महत्व बाेकेका पर्यटकिय स्थलहरु ओझेलमा छन ।खेती याेग्य जमिन सिचाई विहिन छन तर नदि नाला काे पानी बगेर खेर गै रहेका छन । आव ०७२/०७३ देखि हाल सम्म ८ बर्षमा सरकारले कृषीका लागी छुट्याएकाे करिव १२८ अर्ब ९९ कराेड रकम कृषकका लागी लगानी हुदा पनि पहाडका ४% किसान पनि ब्यबसायीक खेतीमा संलग्न छैनन । गैह्र कृषक झाेलामा संस्था समुह वाेकेर हिडने हरु राजनैतिक पहुचमा अनुदान सहुलियत लिएकाे अबस्था छ ।अधिकांस किसान संग जग्गा धनि पुर्जा नहुदा सरकारी सहुलियतबाट गरिव किसान वंचित हुन बाध्य छन। कतिपय बास्तविक किसान सरकारी सहुलियतकाे पहुचमा पुक्न सकेका छैनन ।

मध्ये पहाडी लाेकमार्गमा स्थापना गर्न थालियकाे पाचथरकाे फिदिम, तेह्रथुमकाे बसन्तपुर, सिन्धुलीकाे खुर्काेट ,धादिङकाे बेसी गल्छि, तनहुकाे डुङ्गे भन्सार, बाग्लुङकाे वुर्तिवाङ ,रुकुमकाे चाैरजहारी, दैलेखकाे राकम कर्णाली, अछामकाे साफे बगर, बैतडीकाे पाटन १० वटा सहर पनि कछुवा गतिमा अलपत्र छन करिव ४२.२५प्रतिसत जनसंख्या ,६८ प्रतिसत भुभाग लाई समेटिने मध्यपहाडमा सुरु गरियकाे र सुरक्षाका दृष्टिकोणले पनि भरपर्दाे ठानिएकाे हिमाल तराई जाेडने देशकाे मेरु दण्डकै रुपमा रहेकाे मध्य पहाडी पुष्पलाल लाेकमार्गकाे आव०६४/०६५ मा भाैतिक याेजना मन्त्रालयले तयार पारेकाे मध्य पहाडी लाेकमार्ग रेखाङ्कन प्रस्ताब २०६५ फागुन २६ काे मन्त्री परिषद बैठकले अनुमाेदन गरेकाे थियाे तर काम धिमाहा गतिमा छ ।यिनि सबै परिस्थितिकाे अध्ययन अवलाेकन र पहाडी विकाशका चुनाैती जसले बसाई सराईलाई राेक्न सक्छ।६ सय मिटर देखि ३ हजार मिटर सम्मकाे उचाई भएकाे प्राकृतिक सम्पदाकाे धनी पहाड चिया,कफी ,अलैची च्याउ, विभिन्न थरिका फलफूल वेमाैसमी तरकारी फूल जस्ता ब्यापारिक हिसाबले महत्वपुर्ण कृषी उत्पादन हुने ठुलाठुला चरनक्षेत्र हुदा पशुपालनका लागी उपयुक्त हुने पहाडी भुभाग ऐले उजाड र कुरुप छन ।

पहाडकाे रुप बदल्न यातायात विस्तार ,सिचाई सुविधा उपलब्ध ,बजार प्रबर्द्धन ,प्रविधिकाे उपयाेग, जडिबुटी प्रबर्द्धन सम्भव हुने ठाउमा चक्लाबन्दी खेती लाई मात्र राज्यले ध्यान दिए पहाड समृद्ध हुनेछ पहाड समृद्ध नभए नेपाल समृद्ध हुदैन किनकि पहाडले नेपालकाे ६८ प्रतिसत जमिन ओगटेकाे छ।

हाल सिर्जित संकिर्ण अतिबाद, साम्प्रदायिकताकाे साेच, जातिय पहिचानबाद जस्ता साेचले वर्गिय विचारलाई ध्वस्त पार्ने हुदा वर्गिय सामुहिक एकता भावनाकाे विकाश गर्ने आधार निर्माण गर्ने गरि एमाले अघि बढने छ । नजिक आईरहेकाे पार्टी स्थापनाकाे ७५ बर्षकाे उमेरकाे हिरक जयन्ती मनाउदै थप उत्साहका साथ मिसन चाैरासी मात्र हाेईन समाजवाद उन्मुख संबिधानलाई पुर्ण कार्यान्वयन गर्दै बा बनेर हाेईन राष्टपिता बन्ने गरि राष्ट्रकाे नेतृत्व गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाली ईतिहासकै नेतृत्व एमाले ले गर्ने छ बाटाेमा जति काडा झिटका लागेपनि याेजना र उदेश्य भएकाे पार्टीले जनताकाे खुसी र भविश्य सुनिश्चित गर्ने छ।

 

जाेरा सिह विष्ट