स्याङजाको वालिङ ५ मा नि:शुल्क बृहत स्वास्थ्य शिवीर सम्पन्न

राजनप्रसाद पौडेल

स्याङजा : वालिङ नगरपालिका वडा न ५ को आयोजना र मिर्दी क्लिनिक वालिङ ६ र आस्था किड्नि एण्ड स्पेसलाइज्ड हस्पिटल प्रा. लि को प्रावीधिक सहयोगमा १ दिने बृहत् निशुल्क स्वास्थ्य शिवीर वालिङ ५ जगत भञ्ज्याङ स्वास्थ्य चौकिमा आज सम्पन्न भएको छ । शिवीरमा ३४७ जना बिरामिहरुको निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको छ ।

मिर्दी क्लिनिक वालिङ ६ मिर्दिका संचालक सन्तोष रेग्मिको नेतृत्वमा आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटलका मृगौला बिशेशज्ञा डा.अमृत के.सि. फिजिसियन डा रबिन्द्र पौड्यल हार्डजोर्नी तथा नसा सम्बन्धी बिशेषज्ञा डा.भिम सिग्देल रेडियोलोजिस्ट डा.नवराज पौड्यल स्त्री तथा प्रसुती बिशेषज्ञा डा.शंकर राउत स्वास्थ्य परिक्षणमा सहभागी थिए ।

शिवीरमा निशुल्क भिडियो एक्सरे रगत तथा पिसाव चेक जाँच गरि निशुल्क औषधि बितरण गरिएको थियो ।शिवीरको वालिङका नगर प्रमुख कृष्णा खाँणले एक कार्यक्रमका बिच उदघाटन गरेका थिए ।

कार्यक्रममा वालिङ नगरपालिकाका उप प्रमुख कबिता तिवारीनिवर्तवान नगर प्रमुख दिलिप प्रताव खाँण आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटलका डा.अमृत के.सि नि वर्तमान वडा अध्यक्ष ढाकाराम पंगेनी पुर्व कार्यपालिका सदद्य जमुना के स्सियांग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वडा अध्यक्ष छबि आलेको सभापतित्व स्वागत वडा सदस्य अनिता नेपाली र संचालन वडा सचिब डोलजङ गुरुङले गरेका थिए ।