बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

बागलुङ : झोलुङ्गे पुलबाट खसेर बागलुङमा एक युवाको मृत्यु भएको छ। बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलबाट खसेर बुधबार साँझ बागलुङ नगरपालिका-४ रातमाटाका २२ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। थापा पुलबाट कालीगण्डकी नदी किनारमा खसेको केसीले बताए।

पुलबाट १३८ मिटर तल कालीगण्डकी किनारमा खसेका थापाको घटनास्थलमै मृत्यु भएको डीएसपि केसीले बताए। थापाको शव पोष्ट्मार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले जनाएको छ।