स्याङजाको मिर्मीमा मोटरसाईकल दुर्घटना एकजना घाइते

राजनप्रसाद पौडेल
स्याङजा : स्याङजाको मिर्मीमा गए राति करिब १० बजे मोटरसाईकल दुर्घटना एकजना घाइते भएका छन् ।

जिल्लाको कालीगण्डकी गाउपालिका- ७ मिर्मी स्थित भित्री सडक खण्डमा मिर्मिबाट जयपते तर्फ आउँदै गरको लु. २१ प. ५३८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका घर भइ चन्द्रौटा बस्ने वस्ने वर्ष २४ को सलमान खान (काले) घाइते भइ उपचारको लागि कालीगण्डकी अस्पताल पठाईएकोमा थप उपचारको लागी राति ११: १० बजे मिशन अस्पताल पाल्पा रिफर गरिएको छ ।

बाया हात फ्याँक्चर भएको,टाउको,घाटिमा चोट,लागेको र बोल्न नसक्ने घाइतेको अवस्था गम्भीर रहेकोे तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।