स्याङ्जाको चापाकोट्मा मोटरसाईकल दुर्घटना दुईजना घाइते

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको चापाकोट्मा मोटरसाईकल दुर्घटना दुईजना घाइते भएका छन् । चापाकोट नगरपालिका -१० किसान पक्की सडक खण्डमा लु.२०प. ७६३४ नं. को मोटरसाईकल र लु.८०प. ६१९० नं. को मोटरसाईकल एक आपासमा ठक्कर खाँदा ७६३४ नं.को मोटरसाईकल चालक पाल्पा जिल्ला रामपुर नगरपालिका-४ बस्ने २०वर्षको बिपन दर्जीको अनुहार र दाहाँ हातमा भित्री चोट लागेको छ भने अवस्था मध्यम रहेको बताइएको छ ।

लु. ८० प. ६१९० नं. को मोटरसाईकल चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ३ बस्ने ४७ वर्षको कर्तिनिधी खड्काको दाँया हात र बायाँ खुट्टामा चोट लागेको छ , अवस्था मध्यम रहेको र दुबै जना घाईतेलाई उपचारको लागि चापाकोट अस्पताल पठाईएको छ ।
दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।