मोरङको फर्साडांगीका स्थानिय चार राजनैतिक दलले वडा अध्यक्षलाई बुझाए प्रेस विज्ञप्ति

सुरेन्द्र मण्डल

रंगेली मोरङ : मोरंगको रंगेली ९ फर्साडांगी अन्तर्गत रहेको नेपाल कै ऐतिहासिक पशु (चौपाया हटिया ) बजारमा डेढ वर्ष देखि वजारमा भवन निर्माण कार्य एवम घर टहरा रुख बिरुवा हटाउने कार्य हरुले गर्दा वर्षौं देखि हाट बजार मा व्यपार गरी आफ्ना गुजारा गर्दै आएका कपडा ,मनीहारा , झाडु कुचो , नाम्लो ,खुद्रा पसारी जस्ता सयौ व्यपारी मारमा परेका छन् ।

हप्तामा दुई दिन लाग्ने हटियामा प्रत्येक हटियामा साधारण व्यपारी ले २०००( ५००० सम्म बिक्री गरी राम्रो मुनाफाका साथ घर व्यवहार चलाउँदै आइरहेकोमा हाल २००( ३०० को पनि बिक्री नहुँदा आर्थिक भारका समस्याले मन पिरोली रहेको (जेस्ट नागरिक) व्यपारी रजाकले बताए ।

एक वर्षमा ४(५ चोटि ठाउँसारी हुँदा नै हामी व्यावसायीलाई यस्तो समस्या आएको मो रहीमले बताए ।बजार व्यवस्थापन समितिले हामी व्यपारी लाई उचित र उपयुक्त लाइन मिलाउन न सकेकोले हाम्रो व्यपार चौपट भएको व्यपारी विनोद ठाकुर बताउँछन् ।

यस बजार व्यवस्थापन मा पक्षपात को भावना ले समेत वजार को लाइन ,व्यपारी को स्थान चयन गरिएको र केही व्यपारीलाई विस्थापित हुनेगरी स्थान दिएको गुनासो व्यपारीको छ ।

चिजबल ,बिस्कुट जस्ता व्यपार गर्दैआएका स्थानिय व्यपारी हिरालाल शाहलाई नगरप्रमुख दिलीप अग्रवाल र वडाध्यक्ष चूडामणि रेग्मीले धमक्याएर विस्थापित हुनेगरी नै व्यवहार गरेको उनले बताए ।

यस एतिहासिक दोह्मणा हटियामा साना ठूला व्यक्तिहरूको दैनिक गुजारा गर्ने मुख्य आर्थिक श्रोत रहेकोमा एकलौटी रूपमा दहसत शैलीमा बजार व्यपारीहरुलाई धम्क्याउने ,तर्साउने तथा हरेक बजार को दिन व्यपारी लाई अव्यवस्थित रूपले यता उता पार्ने कार्य रहेकोले र बजार व्यवस्थापनको लागि बजार व्यवस्थापन समितिको चयन गर्ने प्रक्रियामा मुख्य राष्ट्रिय राजनैतिक दललाई पाखा लगाई एकलौटी रूपमा दोहमना बजार समिति गठन गरेको थियो ।

समिति गठन पछी  बिभिन्न घटनाहरु भएपछी  स्थानिय राजनैतिक दलहरुलाई उपस्थितिको लागि पत्र पठाएकोमा स्थानिय चार राजनैतिक दल नेकपा एकीकृत समाजवादी पार्टी,जनता समाज वादीपार्टी ,नेकपा माओबादी पार्टी र नेपाली कांग्रेस पार्टी फर्साडंगीले वर्तमान समिति लाई यथासिघ्र भंग गरी सर्वदलीय ,सर्वपक्षिय,स्थानिय बजार तथा सरोकार वाला, बुद्धिजिवी आदिको संलग्नतामा पुनः समिति गठनको मांग गर्दै रंगेली ९ फर्साडांगीका वडाध्यक्ष चूडामणि रेग्मी लाई प्रेस विज्ञप्ति जारी गर्दै पत्र बुझाएका छन् ।