किसानले गुनासो गरेपछि रंगेलीमा गुणस्तर तथा नापतौल कार्यालयले गर्यो अनुगमन

सुरेन्द्र मण्डल

मोरङ : मोरङको रंगेली ५ आमगाछीमा किसानको गुनासो अनुरूप नाप तौलको अनुगमन भएको छ । आमगाछी टोलका एक गल्ला काटा व्यावसायी नन्दलाल मण्डलको दुई नम्बर डिजीटल तराजु २० किलोको तौलमा ४५० ग्राम कम देखिएकोमा गुणस्तरीय नापतौल कार्यालयबाट खटिएका टोलीले उक्त तराजू नियन्त्रणमा लिएका छन ।


रंगेली नगरपालिकामा गुणस्तरीय नाप तौलको एक दशकदेखि अनुगमन नहुँदा यहाँका दर्जनौं गल्ला काटाका व्यपारीहरु मनपरी ढक तराजुहरु प्रयोग गरी धान खरिद गरिरहेका छन् । खास गरी रंगेली नगरपालिकाका र सुनवर्षी नगरपालिकाका गल्लाकाटा व्यापारी यस किसिमको तराजुले तौल गरेको पाईनछ ।आमगाछी टोलमा रहेका आधा दर्जन व्यपारी दुइ नमबरको डिजिटल तराजु राखी धान तौल्नेगरेको देखिन्छ ।

दुई नमबरको डिजिटल तराजुमा धान तौल गर्दा व्यपारी हरुले १ मनको तौलमा ४१ किलो देखि ४५ किलो सम्म तौल गरे पनि किसानलाई थाहा हुँदैन । थाहा भए पनि कारवाही गर्न सक्दैनन ।यस्ता घटनालाई किसानबाट नगर प्रमुख दिलीप अग्रवाललाई ज्ञापन पत्र बुझाएको ३ महिना बिती सक्दा पनि नगर प्रमुखले किसानको हक हितमा कुनै प्रतिक्रिया दिएका छैनन ।

किसानबाट नाप तौल कार्यालयलाई पनि बारम्बार अनुगमनको लागि भन्दा पनि ै उक्त कार्यालयले अनुगमन गरेको देखिदैन । परिणाम स्वरूप गल्ला काटा वालाहरुले डकैती नै गरेको पाईनछ ।

मंसिर १० गते नापतौल कार्यालयका प्रमुख शम्भु झा लाई यथास्थिति बयान गर्दै अनुगमनको लागि आग्रह गर्दा बेलुकाको ३ः ३० बजे आमगाछी टोलमा आई प्रथममा नन्दलाल मण्डलको खरिद बिक्रीको कारोबारको चेक जाच गर्दा उनले तत्काल कुनै किसिमको कागज प्रमाण देखाउन सकेनन । निज नन्दलाल मण्डलको कुटानी पिसानीको लागि घरमा मिल सञ्चालनमा रहेको र मिलको लागि धान खरिद बिक्री गरेको नन्दलाल मण्डलले बताए ।

डेढ दशक देखी नन्दलाल मण्डलले आमगाछी टोल भरीमा धान ,गहू ,मकै र सनपाट जस्ता जीन्सी खरीद बिक्री गरीरहेको स्थानीयले बताए ।नापतौल कार्यालयलाई आज ५ बर्ष देखी म सुरेन्द्र मण्डल व्यापारी हरूको यथा स्थिति बयान गर्दै अनुगमनको लागि भनी राख्दा यी ५ वर्षमा कयौं हाकिम बद्ली भए तर हाम्रो गुनासो कसैले पनि सुनेनन् ।

मंसिर १० गते वर्तमान शम्भु झा संग घटनाको यथास्थिति कुरा गर्दा उनीसंगको सल्हा सुझाव एवम नियम कानूनको जानकारी साथ तत्काल १ घण्टा भित्रमा आमगाछी आउने आग्रह गरे पछि १२ बजे पछिको समय दिए र १२ बजे फोन गर्दा हामी निस्किसकेको खबर आयो ।त्यति बेला जताततै किसानको घरमा गल्ला काटा व्यपारी धान तौली गरिरहेका थिए ।

किसानको लक्ष्य भनेको आमगाछी मा ९५ प्रतिशत किसानलाई गुणस्तरीय नापतौलको काम कर्तव्यबारे थाहा नहुँदा यस्तो ठगी भई रहेको छ र उक्त कार्यालय बाट अनुगमन हुँदा किसानलाई पनि जानकारी हुने र व्यपारी हरुलाई पनि कारवाही हुने भए पछी किसान आफूमै सजक हुन सक्छ ।

तर नापतौल कार्यालयबाट खटिएको टोली प्रभौकारी देखिएन ,सरकारको हजारौं रुपयाँको खर्च गरेर आएको टोलीले नन्दलाल मण्डल बाहेक अरुकुनै व्यपारीलाई चेकजाँच गर्न मानेनन ।नन्दलाल मण्डलको गुनासोमा उक्त टोलीले सुरेन्द्र मण्डलले घरमा प्रयोग गर्नका लागि राखेको ढग पल्लाको जाँच पड्तलमा समय बर्वाद गरी त्यतिकै फर्किए ।