तरकारी बिक्री नभएपछि फलिरकेको तरकारी उखेलेर फाल्दै किसान

चितवन : तरकारी बिक्री नभएपछि पश्चिम चितवनका तरकारी किसानहरुले फलिरकेको तरकारी उखेलेर फाल्न थालेका छन्।

 मिहिनेत गरेर लगाएको फर्सि ५ रुपैयाँ किलोमा पनि नबिकेर घाटा हुन थालेपछी बोट नै उखेलेर फाल्न परेको भरतपुर महानगरपालिका वडा नं २५ का किसान मेघनाथ जमरकट्टेलले बताए।

मल, बिउविजन, औषधि र ज्याला गरेर लाखौं लगानी गरि लगाएको तरकारी ५ रुपैयाँ किलोमा पनि बिक्री नहुँदा किसानहरु धेरै नै मर्कामा परेको अर्का किसान सिताराम पराजुलीले बताए।

पश्चिम चितवन तरकारी क्षेत्रका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँको कालीमाटी, चितवन, पोखरा, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ।