रंगेली अस्लपतालमा डक्टरको लापरवाहीले आमाको पेट मै बच्चाको मृत्यु(भिडियोसहित )

सुरेन्द्र मण्डल
रंगेली : मोरङको रंगेली अस्पतालमा एक सुत्केरी महिलाको पेटमा बच्चा मरेको खबरले सोमबार राति सात बजे देखि अस्पताल तनाव ग्रस्त भयो ।रंगेली अस्पतालको प्रसूति गृहमा भर्ना भएकी सपना मण्डलको सोमबार डाक्टरको लापरवाहीले बिहानको ९ बजे पेटमा नै बच्चा मरेको र ११ बजे डाक्टरले सूचना दिएको सपनाकि आमाले बताइन् ।

१८ गते शनिवार सुत्केरी सपनालाई व्यथा लागे पछि सपनाका आफन्तले रंगेली हस्पिटलमा भर्नाका लागि लगिएकोमा चिकित्सकद्वारा अल्ट्रासाउन्ड गरी चेकजाँच पश्चात फल्स व्यथा हो भन्दै सुतकेरी हुन अझै समय रहेको भनी पीडितलाई घर फर्काईएको थियो ।

सुत्केरी व्यथा बढे पछि पुनः १९ गते आइतबार बिहान हस्पिटल लगि प्रसूति कक्षमा भर्ना गराइएको पीडित पक्षले बताए ।आइतबार बिहान भर्ना गरेको सुत्केरी सपनालाई सोमबार बिहान सम्ममा एक घर मात्र खुलेको र व्यथा असहनीय भएको देखे पछी पीडित पक्षबाट अप्रेशन गर्नुपर्ने वा अन्तै लानु पर्ने भए केही पनि गर्नुहोस तर मेरो सुत्केरी र बच्चाको ज्यान जानबाट बचाई दिनु भनी हरेक बिन्ती डाक्टर संग राखेको पीडित पक्षले बताए ।

सोमबार सात बजे पछी ड्युटीमा रहेकी नर्सको अभद्रता र डाक्टरको लापरवाही प्रति पीडित पक्ष डाक्टर प्रतिको विश्वास समाप्त भयो । आफन्तहरुबाट डाक्टर माथि अक्रोस् जनाएपछि डाक्टर अल्ट्रासाउन्ड गरी ठिकै छ भने तर आपसमा गन्थन मन्थन मात्र गरी रहे ,सुत्केरी पक्षलाई केही सत्य जानकारी दिएन १० मिनेट पछि नर्स बाटै पीडित पक्षले थाहा पाए कि बच्चाको धड्कन सुनिँदैन ।

दस मिनेट पहिले सुत्केरी र बच्चाको अवस्था ठिकैछ भनिने डाक्टर दस मिनेट पछि कसरी स्वीकार्छन् की आमाको पेट मै बच्चा मरी सकेको छ ।पीडित पक्षले चाल पाई सके , पीडित पक्षले पुनः चेक जाँच गर्ने बिन्ती चढाए ।

सोमबार ११ बजे अल्ट्रासाउन्ड गरी रिपोर्ट तयार गरी पीडितलाई मात्र बच्चा मरेको खबर सुनाए । त्यसपछि समयका साथ अस्पताल परिसरमा पीडित पक्ष लगायत अन्य व्यतिबाट तनाव बढ्न थाल्यो ।

एउटा जान गई सक्यो अब अर्कोको पनि ज्यान जालाकी डर पीडित पक्षमा देख्यो ।सोमबार ७ बजे राति नर्मल सर्जरी गरी मृत बच्चाको सुत्केरी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर वसन्त शाहले गराइयो । नर्स र डाक्टरको लापरवाहीले नै बच्चाको ज्यान गएको पीडितको भनाइले रात भरि अस्पताल तनाव ग्रस्त बनेको थियो ।

मंगलबार १० बजे ईलाकाप्रहरी कार्यालय रंगेली मा पीडित पक्ष ,डाक्टर बुद्धिजिवी ,र हस्पिटलको व्यवस्थापन पक्षले आपसी क्षलफल गरियो ।

डाक्टर वसन्त शाहले हाल सम्म २०० सय भन्दा बढी नर्मल एवम अप्रेशन गरी सुरक्षित प्रसूति गरिसकेको र यो मेरो सेवाको पहिलो केसमा यस्तो घटना भएको बताए र मेरो कुनै गल्ती नरहेको समेत भने ,बच्चाको मृत्युको वास्तविक कारण जान्न पोस्टमार्टम नै गर्नु पर्ने भने पछि पीडित पक्षले पोस्टमार्टम नगर्ने भए पछी सम्झौता गरेपश्चात हस्पिटलको व्यवस्थापन समितिद्वारा दोषीको छानबिन गरी कारवाही गर्ने सहमतिमा पीडित पक्ष संग मेलमिलाप भएको अस्पताल पक्षले बतायो ।

 

https://www.facebook.com/100083363294050/videos/860043898859976