राज्यका नीति तथा नियमहरू व्यवसायीका हितमा छैनन : व्यवसायी

 

केशु विरही
मोरङ : राज्यका नीति तथा नियमहरू व्यवसायीका हितमा नभएको बेलबारीको एक कार्यक्रममा बोल्ने अधिकांशले वक्ताले आरोप लगाएका छन् । बेलबारी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यस्तो गुनासो गरेका हुन् ।

आर्थिक मन्दीको बहानाबाजी गरेर बैंकहरूले हर्के साहुलेझै ब्याज असुलेको मोरङ व्यापार सङ्घका शाखा संयोजक भरत भट्टराईले आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै आर्थिक मन्दिले खुम्चिएको व्यवसायलाई उठाउन मुख्य गरी दोहोरो कर प्रणाली र चर्को व्याज दर हट्नु पर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बूले शुभकामना व्यक्त गर्दै देश निर्माणमा सबैको उत्तिकै भूमाका रहेको बताए । राज्यले सबैको योगदानलाई भुल्न नहुने बताए । राज्यले उनले रुग्न रहेका उद्योग तथा डुब्न लागेका व्यापारीका लागि काम नगरेको पनि आरोप लगाए । दोहोरो र तेहेरो करले जनतालाई ढाड सेक्ने का मगर्न नहुनेमा पनि उनको जोड थियो ।बेलबारी नगरालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले राज्य नयाँ संरचनाको पछिको अभ्यासमा रहेकाले केही समस्या देखिएको ती समस्यलाई निराकरण गर्दै जानु पर्ने बताए । उनले स्थानीयपालिकाले बजाएका ऐन तथा कानुन परिपक्व नभएको स्विकार गर्दै तिनलाई समयसापेक्ष बबनाउदै लगिने पनि प्रतिबद्धता जायर गरे ।

कार्यक्रममा प्रदेस सान्सद मानबहादुर लिम्बु, बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, सङ्घका सल्लाहकार तिलक राई, बेलबारी नगरपालिका वडा नं ३ का अध्यक्ष वडाध्यक्ष योगेन्द्र सुवेदी, माओवादी केन्द्रका नगर अध्यक्ष पर्शुराम सुवेदी, उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधवराज थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरूले व्यवस्था परिवर्तन भए पनि सोचमा परिवर्तन हुन नसक्दा समस्या ज्युकात्युँ रहेको, स्थानीय सरकारले लाएका कर व्यवसाय मैत्री नभएको, दोहोरो कर प्रणाली र चर्को व्याज दरले गर्दा व्यावसायीहरू ठुलो मार्कामा रहेको बताएका थिए । दोहोरो कर प्रणली हट्नु पर्ने बताउँदै करको दरभन्दा पनि दायरा बढाउनु पर्नेमा वक्ताहरूको जोड थियो ।
कार्यक्रम सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दिप राईले नयाँ समिति निर्वाचित पछिका गतिविधि सहित व्यवसायीको समस्याका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रम सङ्घका महासचिव विवेक मिश्रको सञ्चालन तथा अशोक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।