नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ। आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन्।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरु रहेका छन्।