नेकपा एमाले बागमती प्रदेशको मतदान सकियो, दुई घण्टापछि नतिजा सार्वजनिक गरिने

काठमाडौ : नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ ।

अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे ।

मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । मतदान सम्पन्न भएकाले अबको दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन् । यी दुई उम्मेदवारले अरु चार पदाधिकारीमा पनि प्यानल बनाएका छन् ।