बाल दिवसका अवसरमा रचनात्मक कार्यक्रम गर्ने तयारीमा नेपाल बाल संगठन, रुपन्देही

बुटवल : नेपाल बाल संगठनले आगामी बाल दिवसमा अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको छ । नेपाल बाल संगठनको कार्यालय, बुटवलको बाल मन्दिरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा यहि भदौ १८ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका भण्डारीले विद्यार्थी सहभागी गराउने विद्यालयहरुले आफ्नो विद्यालयको लेटरहेडमा यहि भाद्र १५ गतेसम्म विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत र संगठनले बाल दिवसका अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको बिचमा चित्रकला प्रतियोगिता, कविता प्रतियोगिता र बालगित प्रतियोगिता आयोजना गर्ने । ‘विभिन्न विद्यालयहरुमा सहभागिताका लागि पत्राचार गरिएको छ । कक्षा १ देखि ६ सम्मको लागि एउटा समुह र कक्षा ७ देखि १० सम्मको लागि अर्को समुह बनाएका छौं बताए ।

प्रत्येक विद्यालयले एउटा समुहमा १ जना विद्यार्थी सहभागी गराउन पाउने गरी ब्यवस्था गरिएको संगठनकी उपाध्यक्ष तथा बाल कविता प्रतियोगिताको संयोजक अन्जु श्रेष्ठले बताइन ।

कार्यक्रममा सहभागीमध्येबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय सहित प्रमाणपत्र समेत प्रदान गरिने संगठनकी सचिव तथा चित्रकला प्रतियोगिताको संयोजक कल्पना मगरले भिजन न्युज नेपाल लाई जानकारी दिइन ।