दैलेखको दुल्लू नगरपालीकाद्धारा ८८ करोड ६ लाख २४ हजार ६ सय ७१ को बजेट प्रस्तुत

 नारायण रिजाल :

दैलेख :दैलेखको दुल्लू नगरपालिकाको नगर सभाको नवौं नगर अधिवेशन सभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत भएको छ । नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनमा दुल्लू नगरपालीकाकी उप प्रमुख बिष्णु थपाले आगामी आ.व.२०७८/०७९ का लागि ८८ करोड ६ लाख २४ हजार ६ सय ७१ रकम बराबरको को अनुमानित बजेट प्रस्तुत गरेकी हुन।

सामाजिक विकास,पूर्वाधार,आर्थिक विकास,विपत व्यवस्थापन तथा वातावरण तथा सुशासन एवम् अन्तर सम्बन्ध र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायत बजेटका विषयगत क्षेत्र हुन (कोभिड-१) को महामारीले तत्कालिक प्राथमिकता अचानक परिवर्तन भएका छन् र दीर्घकालीन प्राथमिकताका क्षेत्रले थप समय कुर्न बाध्य भएको छ । जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै महामारी विरुद्धको मोर्चामा उपलब्ध साधन स्रोतलाई अधिकतम, मितव्ययी र पारदर्शी ढंगले परिचाल गरिएको छ ।

बजेटका केही उद्देश्यहरु

१.फोहोरलाई मोहोरमा रुपान्तरण गर्न फोहोरमैला प्रसोधन केन्द्र स्थापना गर्ने व्यवस्था मिलाइने निति नगरपालिकाले लिएको छ ।
२.दुल्लु नगरपालिकाको केन्द्र र सबै वडा कार्यालय को केन्द्रमा १२ महिना चल्ने गरि सडक निर्माण तथा स्तर वृद्धिका लागि केन्द्र तथा प्रदेश सरकारसंगको समन्वय मा आवश्यक पहल गरिने नीति अवलम्बन गर्ने ।
३.शारीरिक ,मानसिक ,बौद्दिक, अटिज्म , तथा डाउनसिन्ड्रोम जस्ता विशेष तथा जटिल प्रकारका अपांगता भएका ब्यक्ति हरुलाई अपांग संरक्षण कोषको व्यवस्था मिलाइने निति लिएको छ ।
४.दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।
५.स्थानीय गौरवका आयोजनालाई तीनै तहको सहकार्यमा सम्पन्न गर्ने ।
६.अधुरा योजना,कार्यक्रमलाई निरन्तरता एवम् पूर्णता दिने ।
७.सुशासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह गर्ने ।
८.दुल्लु नगरपालिकामा रहेका एकल महिलाका सन्तानलाई आवासियरुपमा पठनपाठन व्यवस्था मिलाइने भएको छ ।
९.सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिने ।
१०.दुल्लु नगरपालिकामा सिकाइ र कमाइ संगसंगै गर्ने विद्यालय यसै आ.व. वाट संचालन गरिने छ ।
११.वाँजो जग्गा सदुपयोग गर्न विदेशबाट फर्किएका वेरोजगार , कृषि पढेका युवा ,महिला कृषक जनशक्ति लाई कृषि ऋण सरल सुलभ उपलब्ध गराउन वित्तीय संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरिने नीति दुल्लु नगरपालिकाले लिएको छ ।
१२.दुल्लु नगरपालिकामा एक वडा एक कृषि वाली वस्तु पकेट पहिचान गरी क्षेत्र निर्माण गरीने छ ।
१३.दुल्लु नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनको लागि वाँजो जग्गालाई उपयोग गर्दै रोजगारी सृजना र खाद्यान्न मा आत्मनिर्भर वनाउनको लागि एक गाउँ एक उत्पादनको कार्यक्रम लाई अगाडि वढाउने नीति अवलम्बन गरेको छ ।
१४.दुल्लु नगरपालिकाले कोभिड -१९ को संक्रमणवाट प्रभावित नागरिकहरुको जीवन रक्षाका लागि उपचार , राहात,जिवनयापनका लागि रोजगारी मुलक कार्यक्रमहरु संचालन गिरने छ ।