राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्नमा अग्रसर नेशनल माइक्रोफाइनान्स


नारायण रिजाल 
दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा थुप्रै वित्तीय संस्थाहरु रहेका छन् । कतिपय बित्तिय संस्थाहरू सदस्यहरूको घरमै गएर किस्ता तथा ब्याज उठाउँन व्यस्त छन् । तर दुल्लु नगरपालिकामा एउटा यस्तो वित्तीय संस्था छ । जसले कोभिड को समयमा किस्ता तथा ब्याज उठाउन मात्र नभई सामाजिक कार्यमा सक्रिय रहेको छ । त्यो वित्तीय संस्था हो नेशनल माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड ।

कहिले प्रहरीलाई मास्क वितरणमा बेस्त हुन्छ छ । कहिले पत्रकारहरुलाई मास्क वितरणमा बेस्त हुन्छ । त्यतिमात्र होइन अहिले त यस वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई राहतस्वरुप खाद्यान्न वितरण पनि गरेको छ । संस्थाले कोरोना भाइरसबाट ग्रसित तथा अति विपन्न व्यक्तिहरुलाई राहत वितरण गरेको थियो ।

राहत पाउने एक व्यक्ति तारा दमाइ भन्छिन् यस माइक्रो फाइनान्सले हामीलाई धेरै सहयोग गरेको छ । अरु संस्थाहरु हामीबाट व्याज र किस्ता असुल्न व्यस्त छन् तर यो सहकारीले भने उल्टै हामीलाई सहयोग गरिरहेको छ । उनी खुसी व्यक्त गर्दै भन्छिन् हामीलाई नेशनल माइक्रो फाइनान्सले धेरै सहयोग गरेको छ ।

यस संस्थाले कोभिड १९ को दोस्रो भेरियन्टका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर परेका ठाउँमा उल्लेख्य भूमिका खेलेको छ ।दैलेख जिल्लामा संक्रमण फैलिएको केहीदिनमै ईलाका प्रहरी कार्यालय दुल्लुलाइ मास्क,सेनिटाइजर जस्ता स्वास्थ्य सामग्रीहरू वितरण तथा उत्प्रेरित गर्नुका साथै यस संस्थासँग आबद्ध दैनिक ज्यालादारीमा काम गर्ने सदस्यलाई खाद्यान्न सामग्री दाहाल, चामल, नुन, तेल वितरण गरी सहयोग गरेको छ ।

केही दिनअगाडि सञ्चारकर्मी तथा प्रहरीहरुलाई मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको तथा कोभिड संक्रमण पुष्टि भएका संस्थामा आवद्ध सदस्यहरुलाई आफ्नो ज्यानको प्रभाह नगरी घर घरमै गएर फलफूल वितरण गरेको र आगामी दिनमा पनि सहयोग गर्दैजाने भनी यस नेशनल माइक्रोफाइनान्स लिमिटेड शाखा कार्यालय दुल्लू दैलेखका निमित्त शाखा प्रमुख लोक ठगुन्नाले जानकारी दिए ।

यस लघुवित्तमा आवद्ध सदस्यहरुलाई ठूलो अफर पनि रहेको छ जसमा असार १ गतेदेखि असार मसान्त सम्म ब्याज रकममा १० प्रतिशत छुट दिएको पनि निमित्त शाखा प्रमुख ठगुन्नाले जानकारी दिए ।