चितवनमा कोरोना सँक्रमणको दर घट्दै

 

बिकल्प श्रेष्ठ
चितवन :देश भित्रका अन्य जिल्लाहरुमा लगातार सँक्रमण दर बढिरहेको अवस्थामा चितवनमा भने बिगत तिन दिन देखि घटिरहेको, उपलब्ध तथ्याङ्कले जनाउँछ।

एकै दिनमा ३०० को हाराहारीमा संक्रमण दर बढिरहेको चितवनमा तीन दिनदेखि संक्रमण दर केही घटेको पाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार आइतबार ५१ जनालाई कोरोना संक्रमण देखिएको थियो भने सोमबार १८९ र हिजो थप १०६ जनामा संक्रमण देखिएको छ ।

विगत २४ घण्टामा चितवनमा थपिएका संक्रमित मध्ये भरतपुरका ७०, खैरहनीका २, माडीका ४, रत्ननगरका ७, राप्तीका ५ र कालिकाका १४ जना रहेका छन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेका छन् । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।