चितवनमा एक युवामाथि छिमेकीद्धारा निर्घात कुटपिट

राधा लामिछाने
चितवन :राप्ती नगरपालिका वडा न .९ को मिलबजारमा एक युवामाथी कुटपिट भएको छ । सोमबार स्थानीय कल्पना परियार आफ्नो बाटो हिड्दै गर्दा छिमेकी सेते नाम गरेका ब्याक्तिले जातिय गाली गलौज गर्दै अभद्र व्यबहार गरेको र त्यसपछिको विवादमा श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ आइ कल्पना परियारको छोरा माथी कुटपिट गरेका थिए । कुटपिटबाट अमृत परियारको हातको कुमको जोर्नी भाचिएको कल्पना परियारले भिजन न्युज नेपाललाई जानकारी दिएकीछन।

हाल घाइते परियारको भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भैरहेको छ । बिगतमा पनि श्रेष्ठको परिबारले परियारको परिबारमाथि अनाबश्यक गाली , गलौज गर्ने , धम्की दिने गरेको स्थानीय सिताराम परियारले जानकारी दिए ।

नेकपा एमालेकि महिला नेतृ एबम राप्ती नगरपालिकाकि कार्यपालिका सदस्य आइतिदेबि दराइले घटनाको निन्दा गरिन । दराइले भनिन यो घटना क्षमा गर्न नसकिने खालको छ । यसैबिच राप्ती नगर स्तरिय दलित समन्वय समितिले पनि घटनाको भत्सर्ना गरेको छ दोषी उपर सजायको माग पनि गरेको छ । मंगलबारनै पीडित कल्पना परियारले श्रेष्ठ बाबुछोराको नाममा इलाका प्रहरी कार्यलय भण्डारामा उजुरी दर्ता गराएकी छिन ।