कलम र क्यामराकाे सारथि बनेका पत्रकार सज्जन कुमार सिंहकाे ‘ पाेखरामा ’ सार्वजानिक ( भिडियो सहित )

निराज रानाभाट
कास्की : गण्डकी प्रदेशकाे राजधानी हाे पाेखरा याे नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा शहर नेपालको ठूलो शहर हो। त्यसैले पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। देश अनि विदेशबाट हजारौँ पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । पाेखराकाे फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको गीत ‘ पाेखरामा ’ पत्रकार सज्जन कुमार सिंहले बजारमा लिएर आएका छन ।

पत्रकारिता पेशासँग आबद्ध हुने सपना देख्नु कतिपयको लागि ठूलो विषय हो। कतिपयका लागि सपना साकार बनाउने एक माध्यम हाे, पत्रकारीता पेशासँगै गीत / संगीतमा जोडिरहनु बडो चुनौतिपुर्ण छ, त्यस माथि पत्रकार र गायक बन्ने सपना देखेर पत्रकारिता र गीत / संगीततर्फ आकर्षित भएका सज्जन कुमार सिंहले प्रमुख पर्यटकिय गन्तव्यकाे रूपमा फेवाताललाई लक्षित गर्दे पाेखराकाे विभिन्न स्थानहरूमा गीतकाे छायांकन गरेका छन ।

कास्कीको पाेखरा नेपालकाे विशेष पानि पर्ने स्थान रहेकाेले पनि सज्जनले पाेखराकाे पानी र नानीकाे कुरालाई लिएर निकै राेमान्टिक गीतकाे सृजना गर्दे माया प्रेमकाे अन्तरभावलाई प्रस्फुटन गरेका छन । आफ्नै शब्द / संगीतमा रहेकाे गीतमा सज्जनलाई चर्चित गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

उक्त भिडियाेमा चर्चित माेडल जुना गुरूङ, सरिता दनकुटी र गायक सज्जनकाे मुख्य भुमिका रहेकाे छ । ईश्वर बाबुकाे निर्देशन सम्पादन रहेको छ, भने राजेश घिमिरेकाे छायांकनमा रहेकाे म्युजिक भिडियाे ईलाका खबर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ । गायक सज्जनले पछिल्लाे समय पत्रकारीता सँगै समाजमा घटेका घटनाहरूलाई निरन्तर खाेजि र खबरदारी गर्दे आएका छन ।

भिडियो