
काठमाडौं : नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिका मानिस भएको पाइएको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
२०६८ सालको जनगणनामा क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत थिए ।पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ ।
२०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो ।सबभन्दा कम नुराङ जातिका छन् । उनीहरुको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।
