एमालेमा कार्यविभाजन हेरफेर, प्रदेश इन्चार्जको जिम्मेवारी सचिवलाई

काठमाडौं : नेकपा एमालेले उपाध्यक्ष र सचिवहरुको कार्यविभाजन गरेको छ ।शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरुको संयोजन गर्ने जिम्मा दिएको छ ।

योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।

यस्तै सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इञ्चार्जमा पद्मा अर्याल तोकिएकी छन् । कर्णाली इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।

बाग्मती प्रदेश भने केन्द्रीय कार्यालयले संयोजन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।