
नारायण रिजाल
दैलेख :दैलेखको दुल्लु नगरपालिका र दुल्लु अस्पतालको कोभिड स्वास्थ्य शिबिर संचालन अनुसार दुल्लु नगरपालिका वडा न पाँचमा ७६ जनाको एन्टिजेन्ट परिक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुल्लु नगरपालिका एघारमा एक सय जना को परिक्षण गर्दा नौ जना मा कोरोना पोजेटिभ देखिएको छ ।त्यस्तै दैलेख कै आर्को स्थानीय तह भैरबी गाउँपालिका मा २० जना को पि.सि आर परिक्षण गर्दा पन्ध्र जना मा पि.सि आर पोजेटिभ देखिएको छ ।
