
विराटनगर : जसपाबाट कोशी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् ।विराटनगरमा आयाेजित पत्रकार सम्मेलनमार्फत मन्त्री लिम्बूले राजीनामा दिएकाे घोषणा गरेकी हुन् ।
जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
यस्तै सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।
