जनप्रतिनिधिले पारदर्शी काम नगरे टेबुल फुटाउनुस त्यसको पैसा म तिर्छु : नेता शेर्पा

दोलखा : नेपाली काङ्ग्रेस दोलखाको युवा नेता तथा वडा तथा पालिका सम्मेलन समिति गौरीशंकर गाउपालिकाको सह- सयोजक टेण्डु शेर्पाले जनप्रतिनिधि भनेको जनताकै जनमतबाट चुनिएको प्रतिनिधि भएकोले जनताको आबश्यकता र हित बिपरित कार्य गरे जनप्रतिनिधिलाई कार्बाही गर्ने अधिकार जनतामा रहेको बताएका छन।

नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र बमोजिम वडा पालिका नगरपालिका जिल्ला र प्रदेश सम्मेलन अन्तर्गत गौरीशंकर गाउपालिका को वडा नम्बर ८ खारे को वडा सम्मेलनको क्रममा सो कुरा बताएको हुन।पार्टीले चुनाव जिताए पनि
चुनाव जितिसकेपछी साझा प्रतिनिधि हुने र सबै जनताले तिरेको करबाट सेवा सुबिधा उपभोग गर्ने भएकोले पार्टी कार्यकर्ता भन्दापनी जनमुखी योजनालाई पहिलो प्राथमिकतामा राखेर कामलाइ अगाडि बढाउनु पर्ने नेता शेर्पाले बताएका हुन।

स्थानीय तहको अघिल्लो कार्यकालका जनप्रतिनिधिलाई सङ्घीयता पछिको पहिलो सरचना भएकोले कतिपय कुरा सिक्नमा नै बितेको र अहिलेका जनप्रतिनिधिहरुले सङ्घियताको अभ्यास गरिसकेकाले कुनै बहानामा फरक बिचारधाराको पार्टी भएकै कारण विकास योजनाबाट वन्चित गराए कार्यलयमा नै गएर टेबुल ठटाएर आफ्नो आबश्यकता अनुसारको योजना माग गर्नुपर्ने र यदि टेबुल नै ठटाएपनी आफ्नो कुराको सुनुवाइ नभए टेबुलनै फुटाएर संघर्षमा उत्रिनु पर्ने र जनताको रक्षाको सधै आफू तयार रहेको उनको भनाइ छ।

नेपाली काङ्ग्रेस गौरीशंकर गाउपालिका को वडा सम्मेलन जेठ १६ गत्तेबाट सन्चालन भइ जेठ १८ गत्ते समापन हुने छ।मङ्गलबार गौरीशंकर वडा नम्बर ९ र ८ को सम्मेलन समाप्त गरेको थियो भने बुधबार वडा नम्बर ७मार्बु र वडा-६,चङ्खुको सम्मेलन रहने जनाइएको छ।

गौरीशंकर गाउपालिकाको सम्मेलन समितिको सयोजकको जिम्मेवारी महाधिवेशन प्रतिनिधि सुनिता नेपालीले लिएकी छिन भने सह-सयोजकको जिम्मेवारी टेण्डु शेर्पाले लिएका छन