वरिष्ठ साहित्यकार सरण राई बेलबारीमा सम्मानित

मोरङ : मोरङको बेलबारीमा एक कार्यक्रमकाविच वरिष्ठ साहित्यकार सरण राईलाई सम्मान गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार राईलाई सम्मान गरिएको हो ।

संस्थाले विगतदेखि अग्रज सर्जक तथा स्रष्टालाई सम्मान गर्ने गरेको सोही कार्यक्रमअन्तर्गत नै साहित्यकार राईलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष तिला लेकालीले बताइन् ।

कार्यक्रममा राईको पछिल्लो उपन्यास ‘साथ’ को चर्चा परिचर्चासमेत गरिएको थियो । ईरान राई र विमला पोखरेलले कृतिमाचि चर्चा गरेका थिए । कार्यक्रममा प्रतिनिधि रूपमा साहित्यिक रचनासमेत वाचन गरिएका थिए ।

कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा हर्कमान तामाङ, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, कवि बालदेवी चाम्लिङ, सङ्गीतकर्मी जे.वी थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

तिला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव धनजीत पराजुलीको रहेको थियो ।