टिम मार्पाकलाई हराउँदै नवौं मार्पाक प्रिमियर लिगकाे च्याम्पियन बन्याे टिम थला

निराज रानाभाट
काठमाडौं : नवौं संस्करणकाे ( एमपिएल ) मार्पाक प्रिमियर लिगकाे विजेता टिम थला बनेकाे छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगकाे पुन टिम थला च्याम्पियन बनेकाे हाे ।

काठमाडौंकाे टाेखा नगरपालिका -३, भत्केको पुलस्थित फ्रेन्डस स्टार फुटसल प्रा.लि. मा सम्पन्न लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम थला, टिम भेट्रान्स, टिम बाेराङ्ग, टिम पाेल्चेत, टिम धारापानी, सिसिएम र म्याट गरी कुल ८ टिमकाे सहभागिता रहेकाे थियाे भने मार्पाकले उप – विजेतामा चित्त बुझाउँदा टिम बाेराङ्ग भने तेस्राे बन्न सफल भएकाे हाे ।

लिग विजेता बनेकाे टिम थलाले ट्रफीसँगै नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्याे भने उप – विजेता बनेकाे टिम मार्पाकले पनि नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्याे र तेस्राे बनेकाे टिम बाेराङ्गले समेत नगद पुरस्कार प्राप्त गर्याे ।

त्यसैगरी लिगकाे उत्कृष्ठ गाेलकिपर टिम बाेराङ्गका आयुश थापा मगर, उत्कृष्ठ डिफेन्स म्याटका प्रबिन अधिकारी र उत्कृष्ठ फरवार्ड टिम थलाका युकेश गुरुङ घाेषित भए, उनीहरुलाई पनि आकर्षक गिफ्ट र प्रमाण – पत्रले पुरस्कृत गरिएकाे लिग संयाेजक फणिन्द्र गुरुङले जानकारी दिए ।

लिगकाे पुरस्कार वितरण कार्यक्रममा भुतपुर्व सैनिक तथा प्रहरी संगठनका वाग्मती प्रदेश सह – सचिव नबिन कुमार अधिकारीकाे प्रमुख आतिथ्यता साथै समाजसेवी कर्णसिंह गुरुङकाे विशेष आतिथ्यता रहेकाे थियाे साथै कार्यक्रममा फुटसल लिगलाई सहयाेग गर्नुहुने साबिक मार्पाकका विभिन्न समाजसेवी व्यक्तित्वहरुलाई मायाकाे चिनाे प्रदान गरेर सम्मान समेत गरिएकाे थियाे । मार्पाक भेट्रान्स फुटसल टिमकाे आयाेजनामा साथै मार्पाक सामुदायिक क्लबकाे सह – आयाेजनामा सम्पन्न प्रतियाेगिताकाे अनलाइन पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ संचार र धादिङ पाेष्ट साथै रेडियाे पार्टनरमा निलकण्ठ एफ. एम. रहेकाे संयाेजक गुरुङले बताए ।