गिति कविता :उठ्छन् मनमा तरङ्ग

उठ्छन् मनमा तरङ्ग फेरी बिलाउँछन् ,
केही चाह थिए मनका मनै भित्र रहन्छन् ।
मन दुःखी किन हुन्छ मिठो कुरा गर्दा पनि ,
सहन गाह्रो हुँदो रहेछ जिन्दगीमा छाल आए नि ।।

सम्झना पनि जिन्दगीको भोगाई रहेछ ,
रोजेको , सोचेको सपना पुरा कहाँ हुन्छ ।
यो जीवनमा के भयो आफ्ना इच्छाहरू बाँध्नुपर्ने,
देखेर मात्र मनलाई शान्त पार्नुपर्ने ।।

बाध्यताका पर्खालहरूले घेरेको हुन्छ सधैँ,
उदास लाग्छ मनमा बतास चल्छ सधैँ ।
त्यो पहाडले जून सँग चुम्बन गर्दछ ,
आँखा बाट आशु खसी ताल बनेर बग्छ ।।

भन्न गाह्रो छ कति पिडा मनमा छ ,
रमाउन खोज्छु मैले आशुले छेक्छ ।।