बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ४७ औं शृङ्खला सम्पन्न

 

यही मिति २०८० साल जेठ १३ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको सैतालिशौँ ४७ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ‘विपुल विद्रोही’को अध्यक्षतामा सम्पन्न भएको छ । प्रतिष्ठानको उदाउँदो नव प्रतिभा प्रतिमा पौडेलले स्वागत् कविता वाचन गर्दै कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सो शृङ्खला सफलताको शुभकामना दिने स्रष्टाहरु प्रगतिशील लेखक संघ महोत्तरी शाखा अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष नानीराम दहाल, सचिव नारद प्रसाद काफ्ले, विश्व नेपाली साहित्य समाज महोत्तरीका अध्यक्ष उद्धव अविचल, प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य विमला वि.क., गौशला साहित्य समाज महोत्तरीका अध्यक्ष मोहन महतो, जानकी नारी समाज महोत्तरी उपाध्यक्ष जमुना पोखरेल, लेखनाथ स्मृति सदन मधेश प्रदेश अध्यक्ष जनकप्रसाद पौडेल थिए । सो शृङ्खलामा समाज सेवी तथा साहित्य प्रेमी हेमसागर वाग्ले र प्रलेसका केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीको पनि उपस्थिति थियो ।


उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत, गजल र मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरुमा जीवनराज दाहाल, रसिक राज पौडेल, पल्लवी माझी, प्रश्ना कार्की, प्रतिमा पौडेल, नारद प्रसाद काफ्ले, पवन वाग्ले, विमला विश्वकर्मा, सागर श्रेष्ठ, बन्चरो, यशोदा श्रेष्ठ, अग्नि कवच, मोहन महतो, उद्धव अविचल, जनक प्रसाद पौडेल, जमुना पोखरेल, विपुल विद्रोही लगायत मनिषा उराउ, अन्दिप महतो, निभा सिंह, ऐश्वर्य श्रेष्ठ र प्रशंसा वाग्ले थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको सैतालिशौँ शृङ्खला सभ्य र भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त (शृङ्खला) कार्यक्रम देउराली मा. वि. बर्दिवास १ को प्राङ्गणमा सम्पन्न भएको थियो ।