लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

बुटवल : आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ ।प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।

गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो।जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।