दाफा संस्कृति जाेगाउन उठे कीर्तिपुरका बासिन्दा

रिदेन महर्जन
काठमाडौं : हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरको जात्रा रेष्टुरेण्टमा दाफा धुकू र दाफा पासा कार्यक्रम २०८० को उद्घाटन जेठ ६ गते शनिबार भएको छ ।

दाफा संगीत प्रेमी युवाहरुले दाफाम्ये गनेद्यः ग्वाराबाट शुरू भएको कार्यक्रममा दाफा धुकू पासाका सचिव दिलिप महर्जनले लिच्छिबि शिलालेख अनुसार १५ सय बर्ष पुरानो दाफा संगितलाई कसरी अगाडि बढाउने तथा अहिलेका युवामा धिमे बाजाको आकर्षण बढ्दो छ तर दाफामा युवाको आकर्षण घट्दो यसैलाई ध्यानमा राखेर कायक्रमको आयोजना गरेको जनाउँदै स्वागत मन्तव्य राखे ।

प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी सुकुन्दा बालेर उद्घाटन कार्यक्रममा ‘दाफा धुकू पासाले दाफा संस्कृतिलाई जिवित तुल्याउने कार्य प्रसांशा योग्य छ । संस्कृतिलाई जिवन्त बनाई पुस्तातरण गर्नु पर्नेमा जोड दिदै दाफा बाजालाई व्यवसायीकरण गर्नुपर्ने जनाउँदै संस्कृति बचाउनमा आफुले दिल ज्यान दिएर संरक्षण, सम्बद्वनमा पहल प्रतिबद्वता जनाए । साथै मेयर नकर्मीले दाफासित सम्बन्धित प्रदर्शनीको रिबन काटेर उद्घाटन पनि गरेको थियो ।

अतिथि बरिष्ठ बाध्यबाधक दाफा गुरू न्हु्छेँ बहादुर डंगोलले गुरुको शिक्षा बिना केही पनि सफल नहुने जनाउँदै कीर्तिपुर भनेको कला संगितको ज्वाला उत्पन्न हुने थलो हो । यदि नेवार समुदायको दाफा बाजाको संगितलाई जोगाई राख्ने हो भने पठन पाठनमा समावेश गरेको खण्डमा अझ राम्रो हुने धारणा राखे ।

अतिथि कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य ९सुनिता० का साथै नगरपालिका भित्रका दाफा गुरुहरुलाई नेवाः परम्परा अनुसार सगुन दिएर, फेटाले बाधेर तथा दोसाल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमको सञ्चालन दिपा महर्जनले गरेका थिए । साथै कीर्तिपुर क्षेत्र पयर्टन विकास क्षेत्रका अध्यक्ष विकास महर्जन, कीर्तिपुर नगरपालिका वडा नं। २ बाट प्रतिनिधिका रूपमा इन्जिनयर रूपेश महर्जन, वडा नं। ४ बाट सलिना स्याबा ९वडा सदस्य० वडा नं। ६ का अध्यक्ष दिवाकर अधिकारी, वडा नं। १० का अध्यक्ष नरेश महर्जन पाल्नु भएको थियो । रूपेन्द्र महर्जनको सभा अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।