ढोरपाटनका मेयरलाई एमालेले गर्‍यो प्रदेश कमिटीबाट निलम्बन

काठमाडौं : वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।

एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ । त्यस्तै छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ ।

‘…यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।

हेर्नुहोस् एमालेको गण्डकी प्रदेश कमिटीको विज्ञप्ति :