

मोरङ :मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्तीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं २ को आयोजना र विराट मेडिकल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न शिविरको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका थिए ।
आधारभूत स्वास्थ्य केन्द्र बेलबारी नगरपालिका वडा नं २ को प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा जनरल मेडिसिन, स्त्रीरोग विशेष, रेडियोलोजी र आँखा जाँचसम्बन्धी सेवा प्रदान गरिएको आधारभूत स्वास्थ्य केन्द्र बेलबारी २ का प्रमुख बालकृष्ण अधिकारी बताउँछन् ।
वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर वार्षिक कार्यक्रमअनुसार निशुल्क शिविरको आयोजना गरिएको बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।
बिहान १० बजेदेखि ५ सम्म सञ्चालन भएको शिविरबाट ३ सय ९९ जना वडावासीले सेवा लिएको वडा सचिव राजेन्द्र खतिवडाले जनाएका छन् । वडा सचिव खतिओडाले दिएको जानकारीअनुसार आँखा जाचमा १ सय ३७ जना, जनरल मेडिसिनमा १ सय ४३ जना, भिडियो एक्स्रेमा ७६ जना र स्त्री तथा प्रसुती रोगमा ४३ जनाले सेवा लिएका छन् ।
