

काठमाडौ : टोखा पशु व्यावसायिक समिति र एबी प्यालेट फिड प्रालिको आयोजनामा काठमाडौको टोखामा पशुपन्छी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
कृषक र विज्ञहरुलाइ एकैठाउँमा राखेर गरिएको यस कार्यक्रममा पशु आहार तथा अहिले देखापरेका रोग र उपचार सम्बन्धि छलफल भएको थियो ।साथै कार्यक्रममा एबी प्लेट फिड्बाट उपादित सुभम र सुपर दानाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै एबि प्लेट प्रालिका संञ्चालक पिताम्बर सन्जेलले पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न तिर सबै एकजुट भएर लाग्नुपर्ने बताएका छ्न । उनले एबी प्यालेट फिडद्धारा उत्पादीत शुभम र सुपर प्लेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्र गरे,साथै उनले भने अहिले नै सबै हाम्रो राम्रो छ हाम्रो मात्र प्रयोग गर्नु भनेर हामी भन्दैनौै अहिले हाम्रो उत्पादन थोरै प्रयोग गरेर हेर्नुस अनि आफै थाहा पाउनु हुनेछ कुन दाना कस्तो भनेर अनि रोज्ने जिम्मा तपाईको हो ।
कार्यक्रमका प्रशिक्षक डा. उमेष मण्डलले हाल पशुपन्छीमा देखिएका विभिन्न रोगले गर्दा धेरै कृषक चिन्तित हुनु भएको छ तर चिन्ता लिनु भन्दा पनि आफ्ना पशु चौपायालाई कसरी रोग लाग्नबाट बचाउने भन्नेमा चनाखो हुनुपर्ने बताए । साथै उनले यदि रोग लागिहालेमा नआतिएर कसरी हुन्छ उपचार गर्नतिर लाग्नुपर्ने बताएका छ्न ।जसका लागि पशु प्राविधिक र पशु चिकित्सकको सल्लाह लिनुपर्ने पनि उनले बताएका छन ।
साथै उनले पशुपालनमा गोठ कस्तो हुनुपर्छ ? मलमुत्रको व्यवस्थापन कसरी गर्ने,अहिले नेपालमा पाल्नलाइ उपयुक्त गार्इका भैसीका जातका बारेमा जानकारी गराएका थिए भने उनले हालसालै मात्र ठूलो समस्याको रुपमा देखा परेको लम्पि स्किन रोग लगायत बिभिन्न रोग र रोगधामको उपचार पद्धतिको बारेमा कृषकलाई जानकारी गराएका थिए ।
कार्यक्रममा टोखा पशु व्यावसायिक समिति अध्यक्ष तथा कार्यक्रमका सभापति हिराकाजी श्रेष्ठले कम्पनीहरुले बेच्नका लागि सुरुमा राम्रो दाना पठाउने पछि धेरै बिक्री हुन थालेपछि दानाको क्वालीटी घटाउने गरेको गुनासे गरे भने उनले भने अन्य कम्पनिझै शुरुमा राम्रो उत्पादन दिने पछी धेरै विक्रि हुन थालेदेखि क्वालिटी घटाउने परिपाटी कुनैपनि कम्पनिले लिन नहुने बताए ।
कम्पनीले डिलरको लागि हो कि कृषकलाई प्राथमिकता दिन्छ ,निरन्तरता दिने कि नदिने ,गुणस्तरमा प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न राखेका थिए जसको जवाफ दिदै एबी फिड्स प्रा.लिका म्यानेजर विबेक सन्जेलले भने हामीले यति लामो समयदेखि अनुसन्धान गरेर करोडौं लगानि गरेपछी गुणस्तरमा ध्यान नदिने कुरै भएन हामीले जति गुणस्तरिय दाना कृषकको सामु पुर्याएर कृषकले हाम्रो दानाबाट हुने फाईदा देखेर हाम्रो दाना प्रयोग गरेमा हामीले निरन्तरता दिन नसक्ने भन्ने कुरै हुदैन ।त्यसैले गुणस्तर र निरन्तरता नै हाम्रो पहिलो प्राथामिकता हो ।
टोखा पशु व्यावसायिक समितिका अध्यक्ष हिराकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा एबी फिड्स प्रालिका पशु प्राविधिक बुद्धिमान कार्की, दिपेश लामिछाने,मार्केटिङ म्यानेजर राजेन्द्र मैनाली लगायतले बिभिन्न भनाइहरु राखेका थिए ।
टोखा पशु व्यावसायिक समितिका सचीव धर्मराज उपाध्यायले कार्यक्रम संचालक गरेका थिए ।
