

उनी सोद्छन ! के गर्दैछस अचेल !
भन्छु ! ताराको ब्यापार गर्दै छु !
दिन भरी आकाश खोतल्छु !
तारा बटुल्छु !
उ त्यता ! डोको मा टुक्रा छन !
कहिलेकाही जुन सग खेल्छु !
रमिता हेर्छु !
थोत्रो पुरानो कलम घोट्छु !
थकाइ लाग्छ अनि निव भाच्छु !
याद्का चक्कि को मसि बनाउदै !
बास को कलम तिखार्छु !
अनि एलियन हरुको सहर लेख्छु ।
हो अचेल यस्तै गर्छु ।
पेटि मा अनि भेटी मा
बाच्ने हरुको रहर सोध्छु ।
कसैको प्रश्न ! कसै को उत्तर !
सिस्नो घारितिर !
ईमान को बस्ती खोज्छु !
अनि सुस्ताएर बस्दा !
आकास खोतलेर ,
तारा बटुल्छु !
-मदन प्रसाद कट्टेल
