स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा कार्यशाला सम्पन्न

भूमिकला पौडेल

काठमाडौं : स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा एक कार्यशाला सम्पन्न भएको छ । स्वच्छ ऊर्जा नेपालद्धारा सञ्चालित “सबैका लागि सुरक्षित र सफा हावा (सफा) अभियान” का बारेमा तथा यस अभियान अन्र्तगत भए–गरेका काम तथा प्रगतीहरू बारे सबैलाई जानकारी होस भन्ने उद्धेश्यले सो कार्यशालाको आयोजना गरिएको हो ।

“सबैका लागि सुरक्षित र सफा हावा (सफा) अभियान” अन्र्तगत वायु प्रदुषण तथा यसले वातावरण तथा जनमानसमा पारिरहेको असर बारे जनचेतना जगाउने तथा स्वच्छ वायुको महत्व बुझाउने उद्धेश्यले स्वच्छ ऊर्जा नेपालले जनवरी २०२२ देखि अमेरिकी दुतावासको सहयोगमा सफा अभियानको थालनी गरेको हो ।

कार्यशालामा स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुलीले वायु प्रदुषणका कारण वातावरण तथा जनमानसमा धेरै क्षति हुनु भन्दा अगाडी नै त्यसलाई कसरी जोगाउन सकिन्छ भन्ने संदर्भमा सफा अभियान शुरूवात गरेको बताए । त्यसैगरी अमेरिकी दुतावासका साँस्कृतिक मामिला अधिकृत सारा नाइटले काठमाडौं उपत्यका मात्र होइन इलाम जस्तो हराभरा शहर पनि प्रदुषित भइरहेकोले यस बारेमा सबैमा जनचेतना जगाउनका लागि स्थानिय युवाहरूलाई परिचालन गरि यो अभियान सञ्चालन गरेको बताए ।

कार्यशालामा आफ्नो मन्तव्य दिदै जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी उमा शंकर मल्लिकले जनकपुरमा खुला रूपमा फोहोर जलाउने र फोहोरमैला नछुट्टयाउने प्रवृति तथा अस्पतालजन्य फोहोर व्यवस्थापन अत्यन्तै चुनौतीको रूपमा रहेको बताए ।

कार्यशालामा यस अभियान सञ्चालन गर्नुको उद्धेश्य तथा अभियान अन्र्तगत भएका काम तथा प्रगतीहरूका बारेमा प्रश्तुतीकरण गर्दै स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले दुई हजार युवाहरूलाई यस अभियानमा जोडेर उनीहरू मार्फत नै यस अभियानको सन्देशलाई गाउँगाउँसम्म पु¥याउन सफल भएको बताएका छन् ।

त्यसैगरी कार्यशालामा आफ्नो प्रश्तुतीकरण राख्दै स्वच्छ ऊर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भुपेन्द्र दासले वायु प्रदुषणका कारण भएको असरले मानवीय जीवनमा अत्यन्त ठूलो क्षति पुगिरहेको र यस बारे जनचेतना जगाउन सञ्चार माध्यमहरूले अत्यन्त प्रभावकारी भूमिका खेल्न सक्ने बताएका छन् ।

सफा अभियान अन्र्तगत अमेरिकन कर्नर भएका ठाँउहरूको प्रयोग गरेर तथा युवाहरूको समुह बनाई जनचेतनामूलक विभिन्न क्रियाकलापहरू सञ्चालन गरिएको थियो र कार्यशालामा ती समुहको प्रतिनिधित्व गर्दै इलाम, बिराटनगर, बुटबल, पोखरा, सुर्खेत, धनगढी, काठमाडौं र जनकपुरबाट आएका युवाहरूले स्थानिय स्तरमा आफूले सञ्चालन गरेका क्रियाकलापहरू बारे प्रश्तुतीकरण राखेका थिए ।

कार्यशालामा सफा हावा सम्बन्धी सवालहरू उठाउँदै यसका लागि आगामी दिनमा के कसरी कार्य गर्न सकिन्छ भन्ने विषयमा यस क्षेत्रमा काम गरिरहेका पाँच जना व्यक्तित्वहरूसँग प्यानल छलफल गरिएको थियो । जसलाई युएसएआईडि, सफा हावाका चिफ अफ पार्टी भुषण तुलाधरले सहजिकरण गरेका थिए ।

कार्यशालामा उपस्थित सहभागीहरूलाई धन्यवाद दिदै अमेरिकन स्पेस स्पेशलिष्ट सुलभ भट्ट तथा स्वच्छ ऊर्जा नेपालका अध्यक्ष मन्जित ढकालले आगामी दिनहरूमा पनि यसरी नै युवाहरूको परिचान गरी वायु प्रदुषणका बारेमा जनचेतना फैलाउने र यस कार्यमा धेरै भन्दा धेरै युवाहरूको सहभागितामा जोड दिने बताए ।

स्वच्छ ऊर्जा नेपाल सबैका लागि दिगो वातावरण भन्ने परिकल्पनाका साथ सन् २००० मा स्थापना भई दिगो ऊर्जाको प्रयोग तथा वातावरण संरक्षणका लागि कार्य गरिरहेको छ । स्वच्छ ऊर्जा नेपाल क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को सदस्य संस्था हो र कान्साको राष्ट्रिय तदर्थ समितिको सचिवालयको रूपमा पनि स्वच्छ ऊर्जा नेपालले काम गरिरहेको छ ।