

काठमाडौं : ऎलिगेन्त जुम्बा जोन एण्ड डान्स स्टुडियो प्रालिले आज ललितपुरको च्यासलस्थीत नेश्नल स्पोर्टस सेन्टरमा अक्वा जुम्बा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ नृत्य निर्देशक रुपेश राज राणा मगरको उपस्थीति रहेको थियो। त्यसैगरी कार्यक्रममा हाम्रो फिटनेश क्लब,जेश्मिन फिटनेश क्लव, ड्रिम्ज डान्स स्टुडियो कल्ब, स.आइ फिटनेस कल्ब, माँ बंगलामुखी योगा क्लब र बालकुमारी गुइटोल योगा समूह क्लब लगायत विभिन्न फिटनेश क्लबका संस्थापकहरुको उपस्थीती रहेको थियो ।
संस्थाका प्रमुख अध्यक्ष दिपक बज्राचार्यले अतिथि क्लबका अध्यक्ष, मिडिया पार्टनर, फोटोग्राफर, भिडियो ग्राफर, साउण्ड पार्टनर तथा प्रशिक्षकहरुलाई सम्मानका साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।
कार्यक्रममा डान्स अक्वा जुम्बा प्रशिक्षकको रुपमा सुलव उदास, पियुष्मा शाक्य ,रश्मि शाही , सुमित शाही , शृजना श्रेष्ठ , शृजना थापा केसि ,अञ्जली डिके , रिना श्रेष्ठ ,सविता महर्जन ,ज्याश्मीन भारी लगायत संस्थाका अध्यक्ष दिपक बर्जाचार्यले पनि अक्वा जुम्बाको धमाकेदार प्रस्तुति गरेका थिए ।
कार्यक्रमको अन्तिमम बलपास प्रतियोगीता गरेर ६ विजेतालाई पुरस्कार वितरण गरिएको थियो भने टिकट काटेर कार्यक्रममा सहभागी मध्यवाट ६ जनालाई र कार्यक्रममा पहिलो उपस्तिथि हुने नाम दर्ता गर्ने १ जना लाई पनि गोला प्रथाबाट विजेता गरी पुरस्कार दिइएको थियो ।
एलिगेन्त जुम्बा जोन एण्ड डान्स स्टुडियो प्रालिका संचालक समितितिमा अध्यक्ष दिपक बर्जाचार्य,उपाध्यक्ष सबिना महर्जन ,सचिव पुनम शाक्य ,कोषाअध्यक्ष सबिता महर्जन र व्यावस्थापन रिना श्रेष्ठ रहेका छन ।
त्यसैगरी संस्थाका अध्यक्ष दिपक बज्राचार्यले अक्वा जुम्बा व्यायाम स्वमिङ पुलको पानीभित्र शरिरको हातखुट्टा विभिन्न अङ्ग प्रत्याङ्ग प्रयोग हुने भएकाले शरिरको लागि धेरै फाइदाजनक हुने बताए । स्वस्थ रहन ब्यायामको अत्यन्त जरुरी भएको हुनाले ,जीवनको लागि स्वस्थ रहनु नै स्वास्थ्यका लागि धन भएको पनि बर्जाचार्य बताउछ्न । जुम्बा ब्यायामले शरिरलाई स्वस्थ र तन्दुरुस्त राख्न धेरै सहयोग पुग्ने पनि उनले बताए ।व्यायामले आम मानिसको तनाव हटाउने शरिरर फुर्तिलो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको महत्व दिन प्रतिदिन बढ्दै गएको उनले बताए ।
कार्यक्रममा भिजन न्युज नेपाल.कम न्युज पार्टनरको रुपमा रहेका थियो भने कार्यक्रममा बिभिनन् मिडियाबाट संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।यश कार्यक्रममा उद्घोषक दिपक बज्राचार्य र सरिना बज्राचार्यले गरेका थिए ।
