

सुर्खेत : सुर्खेत महिला जेसीजको आयोजनामा बैकिङ्ग तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । सनराईज बैंक लिमिटेड सुर्खेत शाखाको समन्वयमा जेसीजले तालिम दिएको हो ।
आर्थिक मन्दीको प्रभाव परिरहेका बेला बैंकिङ कारोबारसँग सम्बन्धित विषयवस्तुका बारेमा तालिम दिइएको सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले बताईन् ।
एक दिने तालिममा सनराईज बैंक सुर्खेत शाखाकी म्यानेजर सुष्मा गिरीले प्रशिक्षण दिएकी थिईन् ।बचत कसरी गर्ने ? बैंकिङ्ग कर्जा प्रवाह र त्यसको कार्यान्वयन, डिजिटल बैंकिङ्ग प्रणाली, महिला उद्यमी कर्जा कसरी लिने लगायतका विषयमा तालिम केन्द्रीत रहेको थियो ।
सुर्खेत महिला जेसीज बर्ष २०१४ का अध्यक्ष निर्मला पाठकको प्रमुख आतिथ्यतामा भएको तालिममा सुर्खेत महिला जेसीजमा आवद्द जेसीहरुको सहभागिता रहेको थियो ।
