महायज्ञको पूर्वसन्ध्यामा ब्रह्माकुमारी द्वारा कलश यात्राको शुभारम्भ

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका वडा नं – २ मा अवस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र बयरघारी स्याङ्जाको आयोजनामा भोलि जेठ ६ गतेदेखि १० गतेसम्म हुन गइरहेको श्रीमद्भागवत गीता ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आज बयरघारी देखि ओमकारेश्वर शिव मन्दिर भीरकोट – ७ सम्म भब्य कलश यात्रा सुसम्पन्न गरेको छ ।

कलश यात्रामा पञ्चे बाजा भजन कृतन तथा विभिन्न आमा समूहबाट कलश लिएर सहभागिता भएको देखिन्थ्यो ।यात्रा समापन समारोहमा बोल्दै भीरकोट वडा नं – ७ का वडा अध्यक्ष ताराप्रसाद अर्यालले गीता ज्ञानले ब्यबहारिक जीवनमा परिवर्तन ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमकि प्रमुख वाचिका राजयोगिनी तपस्वी ब्रह्माकुमारी अमृत दिदी ज्यूबाट यसको भोलीदेखी बाचन गर्ने र गीताको वैज्ञानिक एवम् ब्यबहारिक भाव वारे ब्याख्या गर्ने कार्यक्रम रहेको कुरा ब्रह्माकुमार शिशिर भाइले बताए । ब्रह्माकुमार नेत्र प्रसाद पौडेलले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व ब्रह्माकुमारी सुभाष दिदी गरेकी थिइन् ।