

दैलेख : दैलेखको महाबु गाउँपालिकामा बैशाख २२ गते देखि सुरु भएको आँखा शिविर ३१ गते सम्पन्न भएको छ । शिविरमा एक हजार ६ सयले नाम टिपाएकोमा एक हजाार ३ सय ७७ जनाले उपचार सेवा लिएका छन ।
गाउँपालिकाका ६ वटै वडामा नै पुगेर सुरुमा मोतियाबिन्दुको छनौे शिविर राखिएकोमा सामान्य विरामीलाई चश्मा र औषधि दिइएको थियो भने मोतिबिन्दु भएका विरामिलाई महाबु अस्पतालमा अप्रेशन गरिएको थियो ।
दैलेखको महाबु गाउँपालिका स्वास्थ्य शाखाको ,तेजकोइली एण्ड रुइत फाउण्डेशन काठमाडौं एबम नेपाल रेडक्रस सोसाइटी सुर्खेत,आँखा अस्पताल विरेन्द्रनगर सुर्खेत लगायत संघसस्थाको संयुक्त आयोजनामा आँखा शिविर गरिएको महाबु स्वास्थ्य शाखा संयोजक राजेश बुढाले जनाएका छन ।
शिविरबाट दुई सय ४८ जनामा मोतिविन्दु छनोट भएको थियो । तीमध्ये एक सय आठ जनाको आँखा अपरेसन गरिएको संयोजक बुढाले बताए । अपरेसन गर्नेहरुमा खरिगैराबाट २६,बडाखोलाबाट २७,ऐराडीबाट २४,बाँसीबाट ३७, गीताचौरबाट १७, कासीकाधबाट १३ र रानीबन एकपाटेबाट ३४ जनाको अपरेशन गरिएकोे पनि बुढाले बताए ।
शिविरमा आँखा अस्पताल सुर्खेतमा कार्यरत नेत्ररोग विशेषज्ञ डाक्टर मन्जु पन्तको नेतृत्वमा चिकित्सक टोली खटिएको थियो ।
शिविरमा आँखा उपचार गराएका विरामीलाई आवश्यकता अनुसार चश्मा वितरण गरिएको छ । उनिह? सबैको अपरेसन र औषधी निशुल्क वितरण गरिएको संयोजक बुढाले बताए ।
आँखा शिविरमा चस्माको लागि आर्थिक सहयोग भने कर्मचारी युनियनका पुर्ब महासचिव शुसिल कुमार केसी,कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश कुमार थापा,बाँसी निवासी पुर्ब शिक्षिका हाल विरेन्द्रनगरमा अवस्थीत गंगामाला आधारभूत विद्यालयमा कार्यरत सान्ता कुमारी खड्का (बुढा)लगायतले मिलेर कुल रकम एक लाख सोह्र हजार आठ सय बराबरको सहयोग गरेका थिए ।
कान शिविरमा २६० जनाले लिए सेवा
त्यसैगरी नेपाल सामुदायिक कान उपचार सेवा बाँकेको सहयोगमा कानको समेत जाँच गरिएको थियो । कान उपचार सेवा लिने २६० मध्य अपरेसन गर्नुपर्ने ४४ जना र कान सुन्ने क्षमता भएका ४५ जना रहेका थिए ।
अपरेसन गर्नुपर्ने विरामिलाई सस्थाले केहि समय पछी अपरेसन गर्ने बुढाले बताएका छन । त्यसैगरी २० जनाको कानमा मेशिन प्रयोग गर्नुपर्ने जनाइएकोछ ।
महाबु स्वास्थ्य शाखा संयोजक राजेश बुढाले आगामी दिनमा पनि यस्ता खालका सेवाहरु आफ्नै ठाउमा दिने र यसका लागि सबैको साथ सपोर्ट आवसेक रहेको उनले बताए ।
फोटो : झलक गिरि भाबुक
