

मुलुकका वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको हाल सर्वत्र तारिफ भइरहेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्नेह?लाई समात्न थालेपछि गृहमन्त्री श्रेष्ठको वाहीवाही भएको हो । सर्वसाधारण उनको काम देखेर मख्ख छन् । तर, साँच्नै नै भन्ने हो भने यो एकदमै सानो काम हो । किन कि हरेक क्षेत्र भ्रष्ट्राचारको दलदलमा फसेको छ । भ्रष्ट्राचारले मुलुकलाई नै खोक्रो बनाइसकेको छ । पाइलैपिच्छे यहाँ भ्रष्ट्राचार हुन्छ, ठगी हुन्छ ।
गृहमन्त्री श्रेष्ठको काम यतिमै सकिँदैन् । उनले गर्नुपर्ने अझैपनि धेरै काम छन्, जुन भटाभट अघि बढाउनुपर्ने देखिन्छ । एउटै काममा पाएको वाहीवाही बटुलेर हात बाँधेर बस्ने हो भने त्यसको कुनै अर्थ रहँदैन् । बजारमा व्यापक कालोबजारी छ । व्यापारीह?ले सामानको मनलाग्दी रकम लिएर ठगिरहेका छन् । एक सयको सामान पाँच सय ?पैयाँमा बेच्ने क्रम जारी छ । म्यानपावरह?ले नेपालीलाई विदेश पठाउने भन्दै बिचल्ली बनाइरहेका छन् । कमाउने सपना देखेर विदेश जान लागेका र गइसकेकाह?को म्यानपावर ठगह?ले बिल्लीबाठ बनाइदिएका छन् ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको समाचारह? दिनहुँजसो बाहिर आइरहेका हुन्छन् । यसलाई कसले रोक्ने ? विदेश पठाउने भन्दै लुट्ने काम रोकिन सकेको छैन् । गृहमन्त्री श्रेष्ठको वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीतर्फ पनि ध्यान जाओस् । अहिले सबैभन्दा धेरै बेतिथि देखिएको क्षेत्र हो, बैंक तथा वित्तिय संस्था । बैंकको ठगीधन्दा अहिले व्यापक बाहिर आइरहेको छ । तर, सरकार हात बाँधेर बसेको छ । सहकारीह? दिनहुँ भागिरहेका छन् ।
अलिअलि बचत हुन्छ भनेर जम्मा गरेको पैसा डुबेपछि बचतकर्ताह? तनावमा परेका छन् । सहकारीले आफ्नो बचत फिर्ता नदिएपछि हालैमात्र एक बचतकर्ताले आत्महत्या गरेको खबर सार्वजनिक भयो । यस्तै पारा हो भने बचतकर्ताह?ले पैसासंगै ज्यान पनि गुमाउने छन् । सहकारीका कारण सर्वसाधारण ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । तर, सरकार रमिते बनेर हेरिरहेको छ । न त्यस्ता सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउँछ न बचतकर्ताको रकम फिर्ता गर्न पहल नै गर्छ ।
यता, यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । कालो प्लेटको ट्याक्सी, हरियो प्लेटको ट्याक्सी, ढुवानी गाडीमा अझैपनि सिण्डिकेट कायमै छ । यातायात व्यवसायीको दादागिरी दिनहुँ बढ्दै गइरहेको छ । सार्वजनिक सवारी साधन न्यून भएकाले यात्रु दादागिरी सहन बाध्य छन् । सरकारले न सिण्डिकेट तोड्न सकेको छ न त्यस्ता यातायात व्यवसायीलाई कारबाही गर्न । सरकार लाचार हुँदा यातायात व्यवसायीमा जे गरे पनि हुन्छ भन्ने मनोबल वृद्धि भएको छ ।
ट्याक्सी मीटरमा हिँड्दैन, यात्रुले भनेको ठाँउमा जान मान्दैन् । छोटो रोड र लामो रोडका गाडीले सरकारले तोकेकोभन्दा बढी भाडा उठाउँदै आएका छन् । २० वर्ष कटेका गाडीह? बाटोमा मज्जाले गुडिरहेको छ । तर, ट्राफिक प्रहरीले कारबाही गर्न सकेको छैन् । ट्राफिक प्रहरीकै अगाडिबाट सार्वजनिक बसह? कोचाकोच यात्रु हालेर दौडिन्छन् । यद्यपि, ट्राफिक देखेर पनि अनदेखा गर्छ ।
अर्को बेतिथि भएको क्षेत्र हो क्रसर उद्योग । अधिकांश क्रसर उद्योग दर्ताबिना सञ्चालनमा छन् । राजनीतिक दलसंगको मिलोमतोमा क्रसर उद्योग सञ्चालकह?ले प्राकृतिक स्रोत साधन दोहन गर्ने काम गरिरहेका छन् । जथाभावी गिट्टी, वालुवा र ढुंगा निकाल्दा वरपरको बस्ती नै जोखिममा परेको छ । त्यसैगरी, गिट्टी, वालुवालगायतका निर्माण सामग्री ओसार्ने टाटा सुमो, टिपरलगायतका सवारी साधनले ढाला काटेर उपभोक्ता ठग्दै आएका छन् । कम्पनीबाट आएको ढालामा काठ वा फलामको प्लाई राख्ने अनि ठग्ने ।
निर्माण सामग्रीको मूल्यसमेत व्यापारीह?ले मनलाग्दी राखेका छन् । घरजग्गा दलालीले राष्ट्रलाई नै संकटतर्फ धकेलिरहेका छन् । पहाडलाई डोजर लगाएर सम्माउने अनि बेच्ने । यो क्रम पछिल्लो समय व्यापक बढिरहेको छ । त्यस्तै, खेतीयोग्य जमिनलाई टुक्राटुक्रा पारेर मँहगो मूल्यमा बेच्ने काम भइरहेको छ । सरकारी रेट एकातिर जग्गा दलालीको अर्कैतिर । होटल, रेष्टुरेष्ट, दोहोरी साँझह? प्नि विकृतिको थलो बनेको छ । यस्ता ठाँउमा यौन धन्दासमेत चल्ने गरेको छ ।
मसाज सेन्टर खोलेर पनि यौन धन्दा चलाउने गरिएको छ । फ्ल्याट भाडामा लिएर यस्ता अवैध काम सञ्चालन गर्ने गरिएको खबरह? बाहिर आइरहेका छन् । काठमाडौं उपत्यकाका होटल सञ्चालकह?ले लुकीछिपी यो धन्दा चलाएका छन् । यता, रत्नपार्क, ठमेलतिर त यो धन्दा खुलेआम हुने गरिएको छ । कोठा भाडामा लिएर जुवातास खेलाउने क्रममा पनि रोक लाग्न सकेको छैन् । गृहमन्त्री श्रेष्ठ र प्रहरी प्रशासनको यसतर्फ ध्यान जान सकेन् । अहिले पनि टोले गुण्डाह? हप्ता उठाउँदै हिँड्छन् ।
तर, तिनलाई कसले कारबाही गर्ने ? मालपोत र यातायात कार्यालयमा लेखनदास र बिचौलियाको बिगबिगी छ । लेखनदास र बिचौलियाह?ले सेवाग्राहीह?लाई खुलेआम ?पमा ठगिरहेका छन् । तिनलाई कारबाही गर्न पनि सरकार असफल रह्यो । ड्राइभिङ सेन्टर र दलालीको मिलोमतोमा हप्तादिनमा लाइसेन्स निकाल्ने काम पनि जारी छ । यसमा यातायातका कर्मचारी पनि संलग्न छन् । ड्राइभिङ सेन्टरलाई १५ देखि ५५ हजार ?पैयाँ दियो भने एक सातामै लाइसेन्स निकालिदिन्छ ।
डेढ लाख दियो भने सम्बन्धित व्यक्ति उपस्थित नभईकन घरमै लाइसेन्स आइपुग्छ । सहजताका लागि भनेर खोलिएको सुपरमार्केटह?को ठगीधन्दा पनि अति नै छ । भाटभटेनीलगायतका सुपरमार्केटह?ले म्याद सिद्धिएको सामानलाई नयाँ म्याद राखेर बेच्ने गरेका छन् । यता, सामानको तौल पनि कम हुन्छ । अस्पताल र मेडिकलह?ले म्याद सिद्धिएको औषधी बेचिरहेका छन् । एक निजी अस्पतालले दिएको म्याद सिद्धिएको औषधीका कारण हालैमात्र एक जनाको मृत्यु भएको थियो ।
अधिकांश मेडिकल स्टोर दर्ताबिना सञ्चालनमा छन् । निजी स्कुलह?ले पनि आफूखुसी शुल्क असुलिरहेको छ । चाहे त्यो भर्ना फिस होस् या मासिक । यता, पेट्रोल पम्पह?को ठगीधन्दा पनि उत्तिकै छ । मीटर बिगारेर पम्पह?ले सवारीधनीलाई ठग्ने गरेका छन् । मुलुकमा बेरोजगारी ह्वात्तै बढेको छ । काम नभएपछि मानिसह? चोरीडकैतीतिर लागेका छन् । सार्वजनिक यातायातमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । समाजमा हजारौं बेतिथि छन् ।
तर, सरकार कहाँ छ ? गृहमन्त्री श्रेष्ठ बजार र समाजको अवस्था कस्तो छ ? भनेर अहिलेसम्म पनि अनुगमन गर्न निस्किएका छैनन् । सर्वसाधारणले सुरक्षाको प्रत्याभूति गर्न पाएका छन् कि छैनन् ? उनलाई थाहा छैन् । गृहमन्त्री हुनका लागि त पहिले यो काम पनि गर्नुपर्यो । यसअघि पनि धेरै गृह मन्त्रालयमा आए र गए । तर, कुनै पनि मन्त्रीको यसतर्फ ध्यान गएन् । ब?, तिनै ठगसंग मिलेर कमिशन खाने चलखेल भयो । अहिलेसम्म जति पनि गृहमन्त्री भए, ती सबैले व्यक्तिगत सम्पत्ति जोड्नेबाहेक अ? केही गर्न सकेनन् ।
आकाशको तारो झार्छु भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ३२ दिन गृहमन्त्री भए । तर, उनले सिकोसमेत पनि भाँचेनन् । जनतासंग जोडिएको काममा उनको ध्यान नै गएन् । बुढापाकाले भन्छन्,‘बोल्नेले केही गर्दैनन्, नबोल्नेले गर्छन् ।’ त्यसको उदाहरण नारायणकाजी श्रेष्ठले दिए । ३२ दिन भनेको लामो समय हो । गर्नेले एक घण्टामै धेरै काम गर्छन् । नगर्नेलाई वर्षै दिएपनि केही हुनेवाला छैन् । बोलेरै जनता मख्ख पार्छु भन्नेलाई त कसले के भन्नु ? चितवनका जनताले पनि काम गर्नेलाई भन्दा बोल्नेलाई चुने । त्यहीमाथि पनि अनेकथरी काण्डमा मुछिएका रविलाई नै चितवनबासीले आफ्नो प्रतिनिधि बनाएका छन् ।
हिजो मिडियामा हुँदा रविले राष्ट्रियताका ठूल्ठूला कुरा सिकाउथें । राष्ट्रिय पोशाक के हो ? राष्ट्रियता के हो ? भनेर उनले अन्य नेतालाई सिकाउने गरेका थिए । तर, उनी आफैं नागरिकता प्रकरणमा मुछिए । उनकै पार्टीको एक सांसद प्याइन्ट र टिशर्ट लगाएर सदनमा पुगेकी छिन् । सदन चियापसल हो ? यो जवाफ त रविले दिनुपर्छ । सदनको आफ्नै मर्यादा छ । विश्वले सदनमा भएका गतिविधि नियालिरहेको हुन्छ । प्याइन्ट टिशर्ट नेपालको राष्ट्रिय पोशाक होइन् भनेर जानी राखौं । नेपाली पोशाकलाई प्रोत्साहन गर्न नसक्नेले नि?त्साहन पनि नगरौं ।
अनुसा थापा
भक्तपुर
