

सैद्धान्तिक रुपमा लोकतान्त्रिक राज्यहरू एउटा निश्चित पद्धतिबाट राज्य दल तथा पार्टी अनि प्रशासन सञ्चालन हुन्छ। आज राज्य र प्रशासन सञ्चालन गर्ने जमातहरु कुनै न कुनै प्रश्नको घेराबाट बाहिर नरहेको प्रष्ट देख्न सकिन्छ।एकातिर कर्मचारी जमातले दलका नेताको आडमा राज्यलाइ दोहन गरिराको छन भने अर्को तर्फ दलको नेताले कर्मचारी प्रयोग गरेर देशमा ब्रह्मालुट मच्चाइरहेका छन।
आज देशका शासक तथा प्रशासकको यस्ता किसिमको गतिविधिले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता माथि नै प्रश्न तेर्स्याइरहेको छ। अदुरदर्शी नाताबाद कृपावाद र भ्रष्टाचारमा लिप्त परिपाटीले देश आफै नाकाबन्दमा पर्न जान्छ। समय परिवर्तनशिल छ समय सगै मानव जनजीवन पनि परिवर्तनशिल छ।यस्ता परिवर्तित समाजमा यथास्थितिबादी सोचाइलाई रास्ट्रवाद र समाजवादमा स्थायी रूपमा परिवर्तन गर्न नितान्त आवश्यकता छ।
जनयुद्ध र जनआन्दोनको सन्यास पछि १२बुदेको जगमा टेकेर सातभाइ अर्थात तत्कालीन सात दल तयार थियो जसलाई महात्मागान्धिको फोटो अङ्कित पहेँलो कागजले पालेको थियो। भने अब्राहम लिङ्कन फोटो अङ्कित हरियो कागजले पोषण गरेको थियो। त्यसैले त आज पहेँलो कागज अर्थात भारतले पालेकोले हाम्रो देशको सिमाना खुम्चिएको छ भने हरियो कागज अर्थात अमेरिकाले पोषण गरेको हुदा बिना एमसीसी नेपाल नचल्ने अबस्थाको सिर्जना भयो।आज उनै १२बुदे सहमतिका मतियारहरु सुन्निएर मोटाइरहेका छन। राज्यको सम्पत्तिलाई ब्यक्तिको नाउमा कब्जा गरिरहेका छन।
नेपालको अर्थ ब्यबस्था स्थिर राजनीतिक ब्यबस्था भ्रष्टाचाररहित सुशासन कायम गर्नको निम्ति नयाँ युवा पुस्ता पाउनु पर्छ।लोकतन्त्रको उच्चतम स्वतन्त्रता लोक कल्याणकारी व्यबहार सैद्धान्तिक शासकीय सक्षमता सहित अब रणनीति रहित देश निर्माण गर्न युवापुस्ताले देश हाक्न आवश्यक छ।
