पुजा देवकोटा र अभिषेक लम्सालको स्वरमा ‘जुनकीरीको बत्ती’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : गायिका पुजा देवकोटा र अभिषेक लम्सालको स्वरमा नयाँ लोक दोहोरी गीत जुनकीरीको बत्ती सार्बजनिक भएको छ ।

लामो समय प्रेममा रहेका जोडिहरुको बिछोडको कथालाई लिएर गीतकार कमल परियारले गीतका शब्द कोरेका हुन ।पछिल्लोसमय धेरै प्रेममिल जोडिहरु छिट्टै मायाप्रेममा बाधिने र राम्रोसँग एकले अर्कोलाई नबुझेर छुट्टिने जस्ता समासामयिक विषयबस्तुलाइ यस गीतमा समेटिएको छ ।

संगीतकार अनिल श्रेष्ठद्वारा संगीतवद्ध भएको गीतको म्युजिक एरेन्जर तथा मिक्सिङ मास्टरिङ महेश मिक्रम पाण्डेले गरेका छन ।

अभिषेक लम्साल र पुजा देवकोटाको अभिनय रहेको यस म्युजिक भिडियोका निर्देशन तथा सम्पादन भने महेशविक्रम पाण्डेले नै गरेका छन । दुर्गा श्रेष्ठले सिनेमेट्रोग्राफ गरेको गीत रमेश शर्मा अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।