एआईएसईसीले काठमाडौंमा अनुचित इन्टरनेट प्रयोगबाट हुने असरबारे चेतनामुलक कार्यक्रम गर्ने

काठमाडौं : युवा नेतृत्वको संस्था एआईएसईसी (एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल) ले आइतबारदेखि काठमाडौंका विभिन्न ६ वटा विद्यालयहरुमा अनुचित इन्टरनेट प्रयोगबाट हुने प्रमुख असरहरूबारे चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

इन्टरनेट सुरक्षा र बढ्दो दुरुपयोगको विषय सम्बन्धि युवाहरूमा भावनात्मक संकट, मानसिक स्वास्थ्य समस्याहरू देखिदै आएको छ । शारीरिक हानि जस्ता कुराको जानकारी दिने उद्देश्यले कक्षा ७ देखि १० सम्मका युवाहरूलाई विद्यालयमा जनचेतनामुलक कार्यक्रम गर्ने सस्थाका सदस्य बिबस भट्टराईले जानकारी दिएका छन्। कार्यक्रम यहि बैशाख ३१ जेष्ठ १ र २ गते हुने पनि आयोजकले जानकारी दिएको छ ।

युवाहरूको लागि उनीहरूको नेतृत्व क्षमता अन्वेषण र विकास गर्नको लागि विश्वव्यापी प्लेटफर्म हो। जुन विद्यार्थीहरू र उच्च शिक्षाका संस्थानहरूका भर्खरका स्नातकहरूद्वारा सञ्चालित छ।

एआईईएसईसी नेपालमा सन् २०१३ मा स्थापना भएको सस्था हो । २०१३ देखि हालसम्म एआईईएसईसी नेपालले १००० अन्तर्राष्ट्रिय स्वयंसेवक र ४००० भन्दा बढी नेपाली युवाहरूलाई जोडेको छ ।