

लम्पी स्किन डिजिज गाईहरुमा एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट देखिने रोग भएपनि कहिलेकाहीँ भैंसीहरुमा पनि यो रोग देखिन सक्दछ । यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान हुँदै बंगलादेश, र भारतमा पनि केही महिना अघि देखा परेको यो रोग अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दो जुल्दो लक्षण देखा परेको र यसका कारण गाईहरु बिरामी मरेको र केहि मरेको जानकारी आएको छ ।
२०७७ सालमा नेपालमा पहिलो पटक देखा परेता पनि हाल अहिले यो रोगले गाईभैँसी ( मुख्यतः गाई ) मा निकै असर गरिरहेको पाइन्छ । स्थानिय जातका गाई लाई देखिएता पनि उन्नत जातका गाई लाई बढी असर गर्ने ।
मुख्य_लक्षणहरु :
- ज्वरो आउने
- शरीरको विभिन्न भागहरूमा गिर्खा हरु आउने,
- खुट्टा सुन्निने
- दूध दिने पशुहरुमा दूध उत्पादन ८०% ले घट्ने ( जस्तै एउटा गाई ले दैनिक ५ लिटर दूध दिरहेको छ भने यो रोग लागेमा ४ लिटर दूध उत्पादन घटेर जम्मा १ लिटर मात्र दिन्छ ),
- गर्भवती माऊ तुहिन सक्ने,
- आँखा बाट कचेरा आउने ,
- -घाँटीको भाग नजिक नशा फुलीएको जस्तो(lymphnode) सुन्निने
- अरुचि हुने, दुब्लाउँदै जाने र अन्तयमा मृत्यु पनि हुन सक्ने,
रोगसर्ने माध्यम:
- लामखुट्टे, झिङ्गा, भुसुना आदिको टोकाईबाट
- संक्रमित गाईभैंसीको ओसारपोसार बाट
- रोगी पशु हरु सँगै राखेमा वा चराएमा
उपचार तथा रोकथाम :
- भाइरसको कारण ले लाग्ने भएको ले ठोस उपचार छैन ।
- लक्षणको आधारमा उपचार गर्नुपर्छ ।
- Meloxicam, antibiotics, antihistamine जस्ता औषधि क्रमश: ज्वरो, संक्रमण, एलर्जी मा ३-७ दिन सम्म दिने
- गिर्खाहरू फुटेर घाउ भएमा पोटास पानी ले सफा गर्ने ।
- Immunity power बढाउन immuno care दिन नछुटाउने !
- लामखुट्टे, झिंगा आदिको संक्रमण रोक्न दैनिक caustic soda, virkon, formalin, चुना, आदिले खोर गोठ सफा गर्ने ।
- स्वस्थ पशुहरू रोगी पशुहरू बाट अलगै राख्ने ।
दिपेश लामिछाने
पशु प्राबिधिक
ए.वि.प्यालेट फिड प्रा.लि.
सातदोबाटो, ललितपुर
