

पुष्कर खड्का
दैलेख : दैलेखको महाबु गाँउपालिकाले तीन दिने मोतिबिन्दु अप्रेसन सिविर सञ्चालन गरेको छ । तेजकोइली एण्ड रुइत फाउण्डेशन काठमाडौं एबम नेपाल रेडक्रस सोसाइटी सुर्खेत,आँखा अस्पताल विरेन्द्रनगर सुर्खेत लगायत संघसस्थाको संयुक्त आयोजनामा शिबिर शुरु भएको हो ।
आज एक औपचारिक कार्यक्रमका बीच सिबिरको उद्घाटन कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार वि.सि, गाँउपालिकाकि कार्यवाहक अध्यक्ष मञ्जु पाण्डे र स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले गरेका थिए ।
आर्थिक अवस्था कमजोरभई उपचार गर्न नसक्ने हरुको लागि गाँउपालिकामा नै शिविर सञ्चालन गरेको राजेश बुढाले बताएका छन ।
यसभन्दा अगाडि पनि गाँउपालिका ले विभिन्न वडाहरुमा मोतिबिन्दु छनौट र नि:शुल्क चस्मा वितरण गरेको थियो । हामी जनताको सेवक हौ त्यसैले आगामी दिनमा महाबुका जनताहरुको निम्ति आफ्नो ध्यानाकर्षण रहने कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले भनेकि छन ।
कार्यक्रममा मन्त्री वि.सिले कर्णाली प्रदेशबाट आम जनताको उपचारको निम्ति सरकार पक्षबाट गर्नुपर्ने सबैखाले कामहरु गर्ने प्रतिबद्धता गरेका छन ।
केहिदिन अगाडी वडा वडामा गएर मोतिबिन्दु छनोट भएकाहरुलाइ आजदेखि अप्रेसन सुरु गरिएको यस शिविरमा खरिगैराबाट २६,बडाखोलाबाट २७,ऎराडिबाट २४,बाँसीबाट ३७,गीताचौरबाट १७,कासीकाधबाट १३ र रानीबन एकपाटेबाट ३४ जनाको अप्रेशन गर्नुपर्ने पनि स्वास्थ्य शाखा प्रमुख बुढाले बताए ।
