लघुकथा:-पुन: प्रस्ताव-राजेश भट्टराई


“शर्मिला जस्ती छिन्, को हुन् उनी?”आफु तिर आउँदै गरेकी एक महिलालाई देखेर मनमनै भन्यो, उसले।
नजिकै आइन्।चिन्यो।
“अरे शर्मिला तिमी?”
“को हो तपाई?मैँले त चिन्ह सकिन नि।”
“म सागर।”
राम्ररी हेरिन् अनुहार, अनि चिनिन् “ओहो सागर तिमी?कता बाट?”
“कान्छो छोराले यहीँ व्यापार गर्छ।नातीको न्याश्रो लागेर भेट्न आएको।तिन दिन भयो।अनि तिमी?”
“माइली छोरीको यहीँ घर छ।नातिनीले हजुर आमा आउँनु भनेको भनेई गरिन् अनि आएकी।मेरो पनि तिन भयो।अनि बजार तिर के गर्न आएको?”
“त्यतिकै।टललिन।अनि तिमी?”
“यस्सो खुट्टा तानु भनेर।”
“बाटोमा उभिएर के कुरा गर्नु।”औलाले बताउँदै “जाऊ उ त्यो होटलमा, चिया खाँदै गरौला, गफ।”
“हुन्छ जाऊ, मलाई त सुगर छ।चिनी नहालेको खान्छु।”भनिन् उनले।
गए होटलमा।एक कप चिनी हालेको, एक कप नहालेको बनाउन लगाए।अनि टेबुलमा बसेर कुरा गर्न थाले।
“धेरै बर्ष पछि भेट भयो।सुनाऊ घर तिर के छ?कति भए बालबच्चा।”सोध्यो उसले।
“मेरो त तिन वटी छोरी मात्र भए।जेठी छोरी डिभी परेर अमेरिका गइन्।बिहे गरिदिएको पनि सात बर्ष भईसक्यो।दुईटा नाति जन्मेका छन्।कान्छी छोरी अष्ट्रेलिया छिन्।दुई बर्ष अघि आफैले प्रेम विवाह गरिन्।बच्चा चाहि जन्मिएको छैन।”
“अनि तिम्रो?”
“मेरो दुईटा छोरा, एउटी छोरी भए।जेठो छोरो बेलायत छ।उतैको कुहिरेनी सँग बिहे गर्यो।दुईटी नातिनी जन्मेका छन्।छोरी दुबई छिन्।बिहे चाहि गर्दिनँ।यत्तिकै बस्छु, भन्छिन्।अनि तिमीले बुढाको बारेमा त केही भनिनौ नि।”
“उहाँ त बित्नु भयो।”
“कहिले?के भएर?”
“पाँच बर्ष भयो।टिप्परले हानेर।अनि तिम्रो बुढी?”
“उनी पनि बितिन्।कोरोना लागेर,दुई बर्ष अघि”।

चिया आइ पुग्यो।चुस्की लिँदै बिस्तारै अतितका कुरा गर्न थाल्यो।”बुवाले भात नमिल्ने केटी त भित्र्याउँदै भित्र्याउन्न, भन्नु भो।”
“निकै कडा हुनुहुन्थ्यो, तिम्रो बुवा।”
“परिस्थितिले हामीलाई दया गरेको छ।उपभोग गरौँ।”
“कसरी?”
“बाँकी जीवन एकअर्काको हात समाएर।”

 

सैनामैना ११,रुपन्देही
हाल :  भरतपुर चितवन