नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि निरन्तर घट्दै

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ ।

यता बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ५९ करोडमा सीमित भएको थियो ।

बिहीबार अझै घटेर ७८ करोड ८३ लाखमा सीमित भएको छ । १६ हजार १७५ वटा कारोबारमा २१ लाख ३ हजार ७९१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) को सर्वाधिक ३ करोड १५ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर करिब २ करोड ७१ लाख र शिवम् सिमेन्टको १ करोड ८० लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.८९ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ ।

यता फर्वार्ड लघुवित्तको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको छ । यस्तै एशियन हाइड्रोपावरको सेयरमूल्य ४.६३ प्रतिशतले गिरावट भएको छ ।