स्याङजाको हरिनास गाउँपालिकामा सम्पन्न भयो पशु स्वास्थ्य शिविर

स्याङजा : नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्थात नेभ्लाको स्याङजा जिल्ला कार्यसमितिको आयोजनामा हरिनास गाउँपालिका वडा नं ६ दग्दी स्याङ्जामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हरिनास गाउँपालिकाकि उपाध्यक्ष इन्द्रा कुमारी थापा रानाले कार्यक्रमको उद्घाटन गरेकि हुन् । कार्यक्रममा नेभ्लाका पुर्व केन्द्रिय सदस्य लेखनाथ अर्यालले स्वागत मन्तव्य राखेका थिए । 

सो शिबिरमा जम्मा २३२ जना किसानका ४७६ वटा पसुहरुको उपचार सेवा लिएका थिए । गोबर जाँच, दुध परीक्षण, पशु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पसु पालन सम्बन्धि आवश्यक परामर्श दिइएको थियो ।

कार्यक्रममा जिल्ला भित्रका १५ जना पशु–स्वास्थ प्राविधिकहरुले आफ्नो प्राबिधिक सेवा प्रदान गरेका थिए, उक्त शिविरमा गरिएको गोबर परिक्षण गर्दा अधिकांश पशुको गोबरमा नाम्ले तथा पारामफिस्टोम (गहते किरा) को प्रकोप अधिकांशमा देखिएको थियो ।

शिविरको आयोजना नेभ्ला कार्य समिती स्याङ्जा, लक्षित स्थानीयहरुको उपस्थित तथा व्यवस्थापन हरिनास गाउँपालिका वडा नं ६ दग्दीले गरेको थियो । कार्यक्रम हरिनास गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिलु रानाले सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम नेभ्ला जिल्ला कार्य समितीका अध्यक्ष डिल्लीराम अर्यालले गरेका थिए ।