वीरगञ्ज महानगरको सहयोगमा २ महिने निशुल्क नर्सिङ तयारी कक्षा शुरु

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताएका छन्  ।

वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्दै  उनले यस्तो बताएका हुन्  ।

यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माद्यमको पठनपाठन सुरुवात गरेको भन्दै उनले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताए  ।

महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए  ।

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गरे  ।

आजदेखि सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।