तिनाउ नदीले कटान गरेको क्षेत्रमा तटबन्धको काम नगरप्रमुखद्धारा अनुगमन

लक्ष्मी श्रेष्ठ
बुटवल :बुटवल उप महानगर पालिका भित्र तिनाउ र दानव नदीले कटान गरेका क्षेत्रमा तटबन्धको काम संचालित भैइ रहेको छ । गतवर्ष आधा दर्जनबढी स्थानमा तिनाउ र दानव नदीले क्षति पुर्याएपछि चालू आर्थिक वर्षमा तटबन्धको काम सुरु गरिएको हो ।

तटबन्ध गर्नका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारले रकम विनियोजन गरेका छन् । हाल तिनाउ तथा दानव नदीले कटान गर्ने क्षेत्रहरु भगवती, मजुवा, धुव्रनगर, शिवालय, अलकापुरी, विनापाते, पवित्रानगर, हात्तिसुढं लगायतका टोलहरुमा तटबन्धको काम संचालनमा रहेको छ । यसैबिच मंगलबार बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुवेदीले तटबन्ध गरिएको स्थानको स्थलगत निरिक्षण गरेका छन् ।

निरिक्षण पश्चात नगरप्रमुख सुवेदीले गत वर्ष तिनाउ तथा दानव नदीमा आएको बाढीले पुर्याएको क्षति कम गर्न यसवर्ष तटबन्धको काम संचालन गरिएको बताए । तीन तहको सरकारको पहलमा यसवर्ष क्षति नहुने गरि काम संचालन गर्ने लक्ष्य रहे पनि कोरोना संक्रमण जोखिमका कारण सोच जत्तिको काम भने सम्पन्न नभएको नगर प्रमुख सुवेदीले बताए ।

साथै गतवर्ष ठूलो मात्रामा क्षति भएका कारण तटबन्धको काम सुरु भएको थियो । अहिले पनि चलेको छ तर थोरै कामदारले मात्र काम गरेका कारण सम्पूर्ण क्षति कम हुन नसके पनि गतवर्ष भन्दा कम क्षति हुने विश्वास हामीले लिएका छौं ।

सो क्षेत्रमा स्थानीय सरकार, प्रदेश सरकार संघीय सरकारको जनता आवश कार्यक्रम मार्फत समेत तटबन्धको काम संचालित रहेको कुरा बुटवल उपमहानगरपालिका बाताबरण इन्जिनियर योगेश चापागाईं बताए वर्षायाम सुरु हुनै लागेको हुँदा यसवर्षको काम असार २० गतेभित्रै सक्ने लक्ष्य नगरपालिकाले लिएको बुटवल उपनगरपालिका नगर योजना अयोग सदस्य मेगराज भट्टराई ले बताए ।