

बिहानको शीत हो खुसि पलभरमा हराउछ ।
हरेक दिन आँखाको आँसु मफलरमा हराउछ ।
एक्लो भएर आएको हो दु:ख पीडा जहिल्यै ।
जाँउ ! खुब भिडभाड हुन्छ शहरमा हराउछ ।
भेटिन्थ्यो बरु बाटोमा हराएको भएपनि ।
पैतलाले एकजोर चप्पल घरमा हराउछ ।
अन्त काँहि पाएन होला हराउने ठाँउपनि ।
मेरो यो मन अचेल तिम्रो अधरमा हराउछ ।
बा आमालाई रुवाउदै गाँउघरमा छोडेको छ ।
भगवान् भन्छ एउटा मान्छे पथ्थरमा हराउछ ।
-पुष्कर बाबु
दैलेख
